arrow

कोरोना विरुद्ध टेलिफोन मार्फत सन्देश अभियान

logo
टेकराज अवस्थी,
प्रकाशित २०७६ चैत १६ आइतबार
Dadeldhura-hamrakura.jpeg

डडेल्धुरा। नेपाली कांग्रेस डडेल्धुराले कोरोनाको संक्रमण हुन नदिन टेलिफोन मार्फत सन्देश प्रवाह गरिरहेको छ। हरेक जनतालाई कोरोनाको बारेमा जानकारी दिनका लागि कांग्रेस डडेल्धुराले टेलिफोन सन्देश अभियान सञ्चालन गरेको हो। पार्टीको जागरण अभियानसंगै हरेक दिन १०० जनालाई कोरोनाबाट बच्ने उपायका साथै अपनाउनु पर्ने सावधानीका बिषयमा जानकारी गराउने अभियान सुरु गरिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। 

वर्तमान समयमा सरकारले गरेका कामहरुलाई सहयोग गर्न आपतकालिन अवस्थामा उद्धार गर्नका लागि नेपाली कांग्रेस योजनावद्ध रुपमा अगाडी बढेको जनाईएको छ। गाँउ घरमा रहेको अवस्थाका बारेमा समेत पार्टीले जानकारी संकलन गर्दै जिल्लाका ७ वटै स्थानिय तहका सरोकारवालाहरुमा संयमित र संबेदनशिल भएर उद्धार तथा आवश्यक सहयोगका कार्यक्रम सञ्चालन गर्न सरकारको निर्णय अनुसार कार्यान्वयन गर्न आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ