arrow

देउमाई नगरपालिका ४ र ५ का वडाध्यक्ष जुटे बिपन्नलाई राहात दिन

logo
प्रकाशित २०७६ चैत १६ आइतबार
deumai2.jpg

इलाम । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि देउमाई नगरपालिका वडा नं  ४ र ५ का वडाध्यक्षले समिती बनाएर बिपन्न परिवारलाई राहात दिन थालेका छन् ।  देउमाई नगरपालिका  ४ का वडाध्यक्ष  राजेन्द्र बास्तोला  र ५ का वडाध्यक्ष दिलिप कार्कीले बिपन्न परिवारलाई राहात वितरण गरेका हुन् ।

लकडाउनको अवधीमा देउमाई नगरपालिका ४ र ५ का वडावासीहरुमा अति आवश्यक नुन , तेल , चामल आदिको अभाव भएका बिपन्न परिवारलाई निशुल्क र अन्यलाई सुलभ दरमा टोल , टोलमा वितरण गरिन थालिएको  छ ।

साथै  ४ नं वडा क्षेत्र भित्रका सर्वसाधरणमा स्वास्थ्य सम्बन्धि सामान्य समस्या आएमा घरमै गएर उपचार तथा परामर्श गर्न व्यवस्था मिलाइएको छ ।

देउमाई नगरपालिका वडा नं ४ र ५ ले कोभिड-१९ रोकथाम तथा नियन्त्रण आपतकालिन समिति गठन गरि जिम्मेवारी विभाजन गरेको छ । 

वडा स्तरिय तथा टोल स्तरिय समितिले  लकडाउनको प्रभावकारी अनुगमन गर्ने, चहलपहल नियन्त्रण गर्ने, बाहिर मुलुकबाट आएका व्याक्तिहरुको विवरण संकलन तथा हालको अवस्थाको जानकारी गराउने,  सेल्फ क्वारानटाइमा बसिराखेका व्याक्तिहरुको अवस्था अध्यावधिक गराउने, सर्वसाधरणको अत्यावसेक अवस्थाको बारेमा समितिलाई जानकारी गराउने छ । 

कोरोना संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले आवहान गरेको लकडाउनलाई पूर्णरुपमा पालना गरिदिन नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ