arrow

हिमाली पदयात्रा गर्दैगर्दा लकडाउनमा परेका २९ पर्यटकको उद्धार

logo
प्रकाशित २०७६ चैत १६ आइतबार
tourist-nepal.jpg.jpeg

लकडाउनका कारण रसुवामा अलपत्र परेका २९ पर्यटकलाई रसुवा जिल्ला प्रशासन कार्यालयले आइतबार उद्धार गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार  हिमाली पदयात्रामा  रसुवा पुगेका   पर्यटकलाई  उद्धार गरी काठमाडौंँ  पठाइएको छ । 

लाङ्टाङ तथा बृद्विम क्षेत्रको भ्रमणमा रहेका  बेलायती, जर्मनेली, अमेरिकी र अष्ट्रलियाली पर्यटकलाई उद्धार गरी सडक मार्गबाट काठमाडौँ जाने अनुमति दिएको बताइएको छ । एक हप्ताअघि ती पर्यटक रसुवा पुगी हिमाली पदयात्रा गर्दैगर्दा लकडाउनका कारण रोकिएको  प्रहरीले बताएको छ ।

 लकडाउनको पूर्ण पालना
 कोरोना भाइरस नियन्त्रण गरी  नेपाली जनताको जीउज्यान सुरक्षा गर्न सरकारले  लागू गरेको लकडाउन घोषणा रसुवालीले पूर्णरूपमा पालना गरेका छन् । कालिका गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रामहरि देवकोटाका अनुसार चीनसँग जोडिएको जिल्ला भए पनि हालसम्म कोरोना भाइरसको लक्षण नभेटिएको र पूर्वसावधानीका लागि  सरकारले देशैभर लागू गरेको लकडाउन  रसुवालीले घरघरमा बसेर कार्यान्वयन  गरिरहेको पाइएको छ ।

बढी जनघनत्व भएको क्षेत्र दक्षिणी रसुवास्थित जिबजिबे  ग्रामीण अस्पतालमा पाँच चिकित्सक नियमित बस्ने र  कुनै रोग लाग्नासाथ समयमै उपचार पाइन्छ  भन्ने जनविश्वास रहेकै कारण  सरकारको निर्देशन र चिकित्सकले दिएको सुझाव ग्रामीणवासीले पूर्ण पालना गरिरहेको बताइएको छ ।

 कोरोना भाइरस सङ्क्रमण भइहालेमा रोगसँग लड्ने क्षमता बढाउन स्थानीय बासिन्दाले दही, दूध, स्थानीय साग, तरकारी, स्थानीय जातका मकै तथा कोदोको पिठोबाट तयार गरिएका ढिँडोको भोजन गरिरहेको  जिबजिबेका बासिन्दाले  बताएका छन् ।
     
 जिबजिबे ग्रामीण अस्पताल दक्षिणी रसुवाको बीच भागमा भएका कारण  सरमथली, यार्सा, भोर्ले, धुसेनी, सरसिउँ, घोर्मु, बेताङ, धुसेनीलगायतका बासिन्दालाई  उपचारमा पायक पर्ने ग्रामीण अस्पतालका मेडिकल अधिकृत डा पंकज लुइँटेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ