arrow

शरीर छेड्ने: नाक, कान तथा अन्य अंग छेड्दाको प्रभाव

शरीरका विभिन्न अंग छेड्दाको प्रभाव

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७६ चैत १६ आइतबार
deha-chedda.jpg

काठमाडौं । आजकल व्यक्तिको लागि विभिन्न अंग छेडेर त्यहाँ अलंकार धारण गर्ने सामान्य कुरा हो । स्त्री, पुरुष, बच्चा सबैमा यसको बढ्दो प्रवृत्ति हामी देख्न सक्छौं । अंग छेड्ने विभिन्न सांस्कृतिक, धार्मिक अथवा व्यक्तिगत कारण हुन सक्छ । 

अंग छेड्ने अधिकतर सौन्दर्यको दृष्टिले गरिन्छ तर हामीलाई यो कुराको जानकारी हुँदैन कि यदि  अयोग्य स्थानमा हानिकारक प्रभाव पनि हुन सक्छ । जब उचित स्थानमा, एक्यूप्रेशर  (acupressure) बिन्दु अनुसार अंग छेड्यो भने हामीलाई त्यसको सकारात्मक आध्यात्मिक लाभ मिल्न सक्दछन् ।

नाक एवं कान छेड्नुको तुलनामा शरीरको अन्य भागहरुमा छेड्ने व्यक्तिमा आध्यात्मिक दृष्टिले के प्रभाव पर्दछ स्पिरिच्युअल साइंन्स रिसर्च फाउण्डेशनले यसको आध्यात्मिक अनुसन्धान गरेको छ।

कानको लोति (तल्लो भग) अनि नाकको बायाँ भाग छेडेर त्यहाँ अलङकार धारण गर्नाले हामीलाई आध्यात्मिक लाभ प्राप्त हुने आध्यात्मिक अनुसन्धानबाट पाएका छौ । कान एवं नाकको बिन्दुमा दबाव पर्नाले एक्यूप्रेशर उपचार पद्धतिको लाभ हुन्छ । यस उपचारले शरीरको त्यस भागमा विद्यमान कष्टदायक शक्ति घटेर जान्छ ।

मानिसहरु आँखीभौं, मुख, जिब्रो अनि अनुहार अथवा शरीरका विभिन्न अंगलाई  छेड्ने गर्दछन् । शरीरमा आँखीभौं, मुख, जिब्रो अनि अनुहार अथवा शरीरको अन्य भाग छेड्ने दृष्टिले हानिकारक हुन्छ। तल दिएको सूक्ष्म ज्ञानमा आधारित चित्र त्यस्तो स्थानमा छेड्दा हुने प्रभाव देखाइएको छ  । 

सूक्ष्म ज्ञानमा आधारित निम्न चित्र एसएसआरएफकी साधिका पू श्रीमती योया वालेले आफ्नो विकसित छैटौं इन्द्रिय द्वारा बनाएको हो । श्रीमती वालेसँग सूक्ष्म आयाम देख्ने शक्ति छ । उनी आफ्नो साधना एवं सत्सेवाको रूपमा सूक्ष्म ज्ञानमा आधारित चित्र बानाएकी छन्। तल दिएको सूक्ष्म ज्ञानमा आधारित चित्र आँखीभौंमा छेडेको प्रभाव दर्शाउछ ।
 
सूक्ष्म ज्ञानमा आधारित चित्रको माध्यमबाट हामी निम्नलिखित बुदाहरु बुझ्न सक्छौं –
⦁आँखीभौं छेङ्नाले व्यक्तिमा देहभान बढ्दछ, जसले उनको अहं बढ्दछ । अहंको वलय सक्रिय भएर व्यक्तिबाट प्रक्षेपित हुन थाल्दछ ।
⦁त्यस व्यक्तिबाट आकर्षण तथा मायावी शक्तिको तरंग प्रक्षेपित हुन्छन् तथा जब अन्य व्यक्ति उनीतर्फ हेर्दा, यी तरंगहरुले हर्ने व्यक्तिलाई सकारात्मकता अनुभव गराउँदछ ।
⦁अंग छेड्नाले कष्टदायक शक्ति छेडेको स्थानतर्फ आकर्षित भएर व्यक्तिको सबैतर्फ सूक्ष्म आवरण निर्माण गर्दछ ।
⦁यदि जिब्रो, मुख अथवा शरीरको कुनै अन्य भागलाई छेड्यो भने पनि तब यो प्रभाव हुन्छ ।

सारांश : अंग छेङ्ने, आध्यात्मिक परिप्रेक्ष्य
यस विषयमा अध्ययन गरेपछि हामी निम्नलिखित निष्कर्षमा पुग्यौं । योग्य स्थान जस्तै कानको लोति अथवा नाकको बायाँ भागमा छेड्नाले व्यक्तिलाई स्वास्थ्य सम्बन्धी अनेक आध्यात्मिक लाभ मिल्दछ तथा उनलाई अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच आदि) बाट रक्षण हुन्छ । आँखीभौं, मुख अथवा जिब्रोमा  छेड्नाले कुनै आध्यात्मिक लाभ हुँदैन तर छेड्ने व्यक्तिलाई कष्ट नै हुन्छ ।

हामीले हाम्रो दैनिक जीवनका विविध गतिविधिहरुका हामीमा के प्रभाव पर्दछन्, यो बुझ्न महत्वपूर्ण छ । सात्त्विक स्पन्दन बढाउने विधिहरुका पालन सुनिश्चित गर्नाले हामीलाई आध्यात्मिक लाभ हुन्छ । साथै वातावरणमा विद्यमान कष्टदायक शक्तिबाट हाम्रो रक्षा हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ