arrow

सीमामा करिब पाँच सय नेपाली अलपत्र, गौशालामा भोकभोकै रात काट्दै

सीमामै रोकिए पछि सरकार बिरुद्ध पिडितहरुको नाराबाजी

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ चैत १७ सोमबार
corona-darchula-nepali.jpg

दार्चुला। भारतबाट फर्केका करिब पाँच सय नेपाली सीमावर्ती क्षेत्र धार्चुलामा अलपत्र परेका छन्। भारतको पिथौरागढ, डिडिहाट, मुन्स्यारी लगायत क्षेत्रमा काम गरी फर्किएका साढे चार सय भन्दा बढी नेपाली तीन दिन देखी अलपत्र परेको भारतीय सुरक्षा बल एसएसबीले बताएको छ।

रोजगारीको शिलशिलामा भारतको विभिन्न स्थान गएका नेपालीहरु नेपाल भारतले गरेको लकडाउन तथा नेपाली सिमानाका बन्द भएका कारण अलपत्र परेका हुन्।

धार्चुलामा दार्चुला, बैतडी, बझाङ र जाजरकोट जिल्लाका करिब पाँच सय नेपाली रहेका छन्। तीन दिनदेखी बाँस र गाँस नपाएको उनीहरुको गुनासो छ। आफुहरुको रात गौसालामा बित्ने गरेको बैतडी पुर्चौडी नगरपालिका ३ का पदम सिंह धामीले बताए।  

आइतवार मात्रै उनीहरुलाई भारतीय एसएसबीले खाना खुवाएको थियो। आइतवार उनीहरुले नेपाल आउन पाउनुपर्ने माग राख्दै नेपाल सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए।

यसअघि शुक्रवार राती दार्चुला सदरमुकाम खलंगास्थित झोलुंगे पुल खुलाएर २ सय २५ जनाको उद्धार गरिएको थियो । नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा नेपाली मजदुरहरु तीन दिनको पैदल यात्रापछि पिथौरागढबाट धार्चुला आइपुगेका हुन्। 

भारतका होटलहरुमा बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले बताएका छन्। शनिवार विहानै भारतको धार्चुलामा आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ