arrow

लकडाउनबाट पीडित ज्यालादारी श्रमिक, गरिब, विपन्न र असहायलाई खाद्यान्न वितरण

logo
दीपकलाल श्रेष्ठ, 
प्रकाशित २०७६ चैत १७ सोमबार

बर्दिया । कोरोना भाइरसले देशमै लकडाउन भएर दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा रहेका गुलरिया नगरपालिका वडा नं ६ का स्थानीय ‌लाई खाद्यान्न वितरण गरिएको छ । 

कोरोना भाइरसको त्रासदी नेपाल सरकारले आइतबार लकडाउन गरेको ६ दिनसम्म कुनै पनि काम गर्न नपाएर घर मै बस्न बाध्य ज्यालादारीमा काम गर्ने श्रमिक, गरिब, विपन्न र असहायलाई खाद्यान्न वितरण गरिएको गुलरिया नगरपालिका बडा नं ६ का बडा अध्यक्ष निरज कुमार शर्माले बताए । 

लकडाउनले काममा जान पनि नमिल्ने र दैनिक श्रम गरेर साँझ र बिहानको चुल्हो  जलाउने परिवारहरु को समस्या बुझेर  वडाका त्यस्ता व्यक्ति पहिचान गरी खाद्यान्न वितरण गरिएको शर्माले जानकारी दिए। 

हामी जस्ता दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएकालाई बडा नं ६ ले लकडाउनको समयमा गरेको यो खाद्यान्न  सहयोग प्रति हार्दिक धन्यवाद दिन चाहेको वडा नं ६ का स्थानीय रग्घु वाल्मिकीले बताए ।

लकडाउनले ज्यालादारी पनि गर्न नपाउने र घरको दैनिकी खाद्यान्नको व्यवस्था कसरी जोहो गर्ने भन्ने सोचमा थियौं तर वडाले खाद्यान्न सहयोग गर्यो खुसी लागेको दुर्गा योगीले बताए । 

वडा नं ६ का करिब १ सय परिवारलाई चामल र दाल वितरण गरिएको वडा नं ६ का वडा सदस्य मोहम्मद अयुव हलवाइले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ