arrow

‘म हुन्जेल विहादीका जनता भोकै मर्नु पर्दैन’ – कांग्रेस नेता प्रवीण गुरुङ

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
prabin-gurung-congress-parb.jpg

पर्वत । समाजसेवी नेपाली कांग्रेसका नेता प्रवीण गुरुङले पर्वतको विहादी गाउँपालिकामा मजदुरी गर्ने घरपरिवारलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएका छन् । 

गत स्थानीय तहको चुनावमा काङ्ग्रेसबाट गाउँपालिका अध्यक्षका प्रत्यासीसमेत रहेका गुरुङले गाउँपालिका भित्र दैनिक ज्याला मजदुरी गर्ने हरेक घर परिवारलाई व्यक्तिगत खर्चमै खाद्यान्न सहयोग गर्ने भएका हुन् ।

पछिल्लो सातादेखि सरकारले गरेको लकडाउनका कारण यहाँका कैयन गरिब, मजदुरी गर्ने घरपरिवार दैनिक जिविकोपार्जनको समस्यामा परेका छन् । 

उनीहरुको दैनिकी सहज गराउनकै लागि गुरुङले गाउँपालिकाभित्रका मजदुरी गर्ने हरेक घरको तथ्यांक निकालेर उनीहरुलाई खाद्यान्न सहयोग गर्ने जनाएका हुन् ।

‘विहादीका जनताको रक्षा गर्नु मेरो दायित्व हो, म हुन्जेल यहाँ कोही भोकै मर्नु पर्दैन’ उनले भने ।

गुरुङका अनुसार यातायात सहज हुनासाथ हरेक परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण गरिनेछ । यस्तै, उनले राजनीति भन्दामाथि उठेर विपतमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

काङ्ग्रेस जिल्ला सदस्यसमेत रहेका गुरुङले यसअघि पनि विहादीमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ