arrow

शाहरुखकी श्रीमती भए पनि यस्तो जीन्दगी जिउँछिन् गौरी

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
srk-gauri.jpeg

काठमाडौं । भारतीय चलचित्र उद्योग बलिउडका अभिनेता शाहरुख खानकी श्रीमती गौरी खान बेलाबेलामा चर्चामा आउने गरेकी छिन् । पछिल्लो समय उनले आफ्नो शाहरुख खानको सम्बन्धको विषयमा केही खुलासा गरेकी थिइन् । जसको उल्लेख्य चर्चा भइरहेको छ ।
 
एक किताब सार्वजनिक हुने कार्यक्रममा पुगेकी उनले सञ्चारमाध्यमसँग कुरा गर्दै उनले शाहरुख खान एक राम्रो पिता र पति रहेको बताइन् । उनले शाहरुखको श्रीमती हुनु आफ्नो लागि सकारात्मक कुरा भएको बताइन् । तर, आफूले सधैं साधारण कामकाजी महिलाको जस्तै साधारण जिन्दगी बिताउँदै आएको बताइन् ।

उनले आफूले सधैं शाहरुख खानको कारण भएको सकारात्मक कुरामा मात्र ध्यान दिने गरेको बताइन् । हालसालै शाहरुख खानले सामाजिक सञ्जालबाट आफ्नी छोरी सुहानाको ग्रेजुएटको जानकारी दिएका थिए ।

उनले ट्वीटरमार्फत् स्कुलको पढाइ सकिए पनि जिन्दगीको पढाइ कहिल्यै पनि सकिनु नहुने र केही न केही सिक्दै अघि बढ्नु जरुरी रहेको बताएका छन् ।

दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार गरेका थिए ।
 
सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको थियो।शाहरुखले गौरीका परिवारलाई मनाउनका लागि ५ वर्षसम्म हिन्दू भएको नाटक गरेका थिए । उनले आफ्नो नाम पनि परिवर्तन गरेका थिए । यतिमात्र होइन, उनले विवाहपछि पनि गौरीसँग एक झुट बोलेका थिए।

गौरी र शाहरुखको बीचमा हनिमून पेरिस जाने सहमति भएको थियो तर शाहरुखसँग त्यसका लागि पर्याप्त पैसा थिएन । यस्तोमा उनले हनिमूनका लागि दार्जिलिङ लगेका थिए । शाहरुख सन् १९९१ मा गौरीका परिवारलाई मनाउन सफल भए । शाहरुखका अनुसार गौरी उनलाई यसकारण प्रेम गर्छिन् कि उनी निकै इमान्दार छन् ।

शाहरुख र गौरीको प्रेम कहानी

शाहरुख र गौरीको प्रेम कहानी एक फिल्मको कथा जस्तै थियो। दुबैले एक अर्कालाई प्राप्त गर्न धेरै दुख गरेर अन्तमा पाए। दुईजना पहिलो भेट १९८४ मा एक मित्रको पार्टीको समयमा भएको थियो। शाहरुख त्यतिखेर १८ वर्षका थिए।

शाहरुखले पार्टीमा गौरी अर्को केटासँग नाच्दै गरेको देखे। शाहरुखले उनलाई मन पराए। गौरी नाच्न लजाइ रहेकी थिइन्। शाहरुख हिम्मत जुटाएर गौरीलाई नाच्न प्रस्ताव राख्छन् । तर गौरीले खासै चासो देखाउदिनन् र उनी आफ्नो प्रेमीको लागि पर्खिरहेकी बताउछिन् ।

यो सुनेर शाहरुखको सपना चकनाचूर हुन्छ । वास्तविकता गौरीको कुनै प्रेमी थिएनन्। गौरीको दाजु उनीसंग थिए त्यसैले उनले झूट बोलिन्। शाहरुखले आफ्नो एक अन्तर्वार्तामा सो कुरा बताएका थिए । जब शाहरुखलाई यो कुरा थाहा भयो, उनी गौरी भएको ठाँउमा गएर भने, 'मलाई पनि तिम्रो दाजुको रूपमा हेर।' त्यसबेलादेखि यो सुन्दर सम्बन्ध सुरु भयो। गौरीलाई पनि शाहरुखको शैली र उनको आत्मविश्वास मन पर्यो। शाहरुख गौरीका लागि धेरै सकारात्मक थिए। उनी गौरीलाई आफ्नो कपाल खुला राख्न वा केटासँग गोप्य कुरा गरेको मन पराउँदैन थिए । यी सबै कुरा देखेर, गौरीलाई सम्बन्धबाट छुट्टिनु पर्छ भन्ने लाग्यो।

एक दिन गौरीले आफ्नो जन्मदिन शाहरुख खानको घरमा मनाउँदै थिइन्, उनी साथीहरूसँग केही कुरा नगरी स्टेसन बाहिर गइन्। तब शाहरुखले महसुस गरे कि उनी गौरीबिना बाँच्न सक्दैनन्। शाहरुख आफ्नो आमासँग धेरै नजिक थिए। तब उनले यो कुरा आमालाई सुनाए । शाहरुखकी आमाले उनलाई दस हजार रूपियाँ दिएर उनलाई खोज्न भनिन् । शाहरुख त्यसपछि आफ्ना केही साथीहरूसँग शहरभरि गौरीलाई खोज्न बाहिर जान्छन् तर गौरीलाई भेट्टाउँदैनन्। लामो समयको खोजी गरेपछि शाहरुखले गौरीलाई समुन्द्र किनारामा भेट्टाए। दुवै एक अर्काको आँखामा हराए र अँगालोमा बाधिएर धेरै समय रोए। तब दुबैले बिहे गर्ने निर्णय गरे तर वास्तविक नाटक अब शुरू हुन लागेको थियो।

उनिहरुको धर्म दुई बीचको विवाहको  सबै भन्दा ठूलो खलनायक थियो । शाहरुख मुस्लिम र गौरी एक हिन्दू ब्राह्मण परिवारकी थिइन्। गौरीका बुबा शुद्ध शाकाहारी थिए। गौरीका बाबुआमाले यस विवाहको लागि कहिले पनि तयार थिएनन्। तब शाहरुखले आफु हिन्दु भएको बताएका थिए।  यस बाहेक, शाहरुख त्यतिबेला फिल्महरूको लागि सङ्घर्ष गर्दै थिए। शाहरुख र गौरी आफ्नो प्रेम विवाहलाई रूपान्तरण गर्न तयार थिए, तर उनको परिवारले धर्म छुट्टिएर कडा आपत्ति जनाए।

गौरीको परिवारलाई मनाउन शाहरुखले धेरै दुख गरे र अन्ततः उनीहरूलाई मनाउन सफल भए। त्यसपछि २६ अगस्ट १९९१ मा शाहरुख र गौरीले अदालतमा बिहे गरे। पछि दुवैले मुस्लिम परम्परा अनुसार निगाहा गरे जसमा गौरीको नाम आयशा थियो। यस पछि दुबैको हिन्दू रितिरिवाज अनुसार २५ अक्टोबर १९९१ मा विवाह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ