arrow

घरघरमा पुगेर मास्क र साबुन बाँड्दै 

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
mask-jumla.jpg

जुम्ला ।जुम्लाको सिंजा गाउँपा लिकाले यहाँका ६वटै वडामा दशहजार थान सर्जिकल मास्क र करिब ४हजार पिस साबुन जनताको घरदैलोमा पुगेर बितरण गरेको छ।

 बजारमा सर्जिकल मास्कको अभाब भएकाले गाउँपालिका अध्यक्ष देवलसिंह रावल एकहप्ता अगाडि नेपालगन्ज पुगेर  दशहजार मास्क,चारहजार साबुन ,सेनिटाईजर र केही मेडिकल सामग्री ल्याएर आज सिजा आई पुगेका हुन।

 मास्क लगाउने बानिको बिकास गर्न साबुन पानिले नियमित हात धुने जनचेतना जोगाउनका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधि मेडिकल सामग्री सहित घरघरमा पुगेको सिजा गाउँपालिकाका क्षयरोग तथा कुष्ठरोग संयोजक जनक धितालले बताए। 

गाउँपालिकाको बजार क्षेत्रमा जनचेतनामूलक सन्देश प्रवाह गर्दै गाउँपालिका अध्यक्षले मास्क,साबुन,सेनिटाईजर बितरण गरे र विभिन्न वडामा वडाध्यक्ष हरुले बितरण गरिरहेको वडानं दुईका अध्यक्ष यबं गाउँपालिका प्रबक्ता नवीन शर्माले जानकारि दिएकाछन। मास्क र साबुन बितरणपछि स्थानिय हर्सित छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ