arrow

अमेरिकामा सुनिलले जिते स्वर्ण

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
sunil-lama.jpg.jpeg
काठमाडौं । न्यूयोर्कमा भएको हिरोल्ड काई अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली राष्ट्रिय कराँते खेलाडी सुनिल लामाले स्वर्णपदक जितेका छन् । अमेरिकी गोसिन रियु मार्सल आर्ट एण्ड फिटनेश स्टुडियो डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बनेका लामाले खुल्ला तौल समूहमा अमेरिकाकै राष्ट्रिय खेलाडी बर्नाड कोलोनेललाई पराजित गर्दै स्वर्ण जितेका हुन् । 
 
सोमबार बिहान अमेरिकाको न्यूयोर्कमा भएको प्रतियोगितामा लामा सँगै जनक सिंह खड्काले पनि प्रतिस्पर्र्धा गरेका थिए । लामाले प्रतियोगिताकै लागि करिव दुई महिना अघिबाट सोही डोजोबाट प्रशिक्षण गरेका थिए ।
 
यो च्याम्पियनसिप पश्चात लामाले आगामी मे १४ मा क्यानाडाको मोन्टेरियलमा आयोजाना हुने मोन्टेरियल खुला कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाउने लामाले जानकारी गराए । उनले अमेरिकामा स्वर्ण जितेपछि मोन्टरियलमा पनि स्वर्ण जित्ने आशा लिएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ