arrow

कोरोना उद्दार कोषका लागि नेपालगन्जका ब्यबसायी शाहले दिए एक लाख 

logo
सौरभ गिरी,
प्रकाशित २०७६ चैत १७ सोमबार
saurav-giri.jpg

नेपालगन्ज । कोरोना महामारी उद्दार कोषका लागि नेपालगन्जका निर्माण  ब्यबसायी ओम  नारायण शाहले  सहयोगी हात अघि बढाएका छन् । 

नेपालगन्ज  राप्ती गणेश कन्ट्रक्सनका संचालक शाहले आज नेपालगन्ज  उपमहानगरपालिकाको विपत ब्यवस्थापन उद्दार कोषलाई  १ लाख १ हजार रुपैयाँ सहयोग गरेका हुन् । 

शाहले उक्त  रकम बराबरको चेक नेपालगन्ज  उपमहानगरपालिका मेयर  डा.धवल शम्शेर राणा र  उप प्रमुख उमा थापा मगरको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

  शाहद्वारा  गरिएको सहयोग रकम  कोरोना प्रकोपमा खर्च गरिने नेपालगन्ज उपमहानगरपालिकाले जानकारी दिएको छ।  शाह एक सहयोगी ब्यबसायीका रुपले नेपालगन्जमा चिनिन्छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ