arrow

पाकिस्तानमा विषाक्त मिठाईले लियो २३ व्यक्तिको ज्यान

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
laddoos_alamy976.gif.gif
लाहोर (पाकिस्तान) । मध्य पाकिस्तानमा विषाक्त मिठाई खादा कम्तीमा २३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् । प्राप्त समाचारमा मिठाइकै कारण ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 
 
प्रहरीका अनुसार यस मिठाइमा किटनासक औषधी परेको अनुमान गरिएको छ । पञ्जाव प्रान्तको कारोर लालइसान क्षेत्रमा उमार हयात नामक एक व्यक्तिको निवासस्थानमा सो घटना भएको हो । गत हप्ता ती व्यक्तिका नाती जन्मिएको उपलक्ष्यमा आफन्त र छरछिमेकलाई मिठाइ खान दिइएको थियो । सोही मिठाइका कारण उक्त घटना भएको जनाइएको छ । 
 
गत अप्रिल १७ गते भएको सो भोजमा सोही दिन १० व्यक्तिको मृत्यु भएको जनाइएको छ । मिठाई खाने व्यक्तिहरुमा हालसम्म २३ व्यक्तिको मृत्यु हुनुको साथै ५२ जना अझै विभिन्न अस्पतालमा उपचारार्थ रहेका जनाइएको छ ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ