arrow

एक छिनमा काम सक्ने भूतलाई दिइयो बाँसको भर्‍याङ

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
aladdin-evil_genie_.jpg

काठमाडौं ।  एउटा सेठले एक साधु भएको ठाँउमा गएर भने, महाराज! मलाई  एउटा यस्तो नोकरको जरुरत छ जसले मेरो सबै काम गर्न सक्छ। साधुले पहिले त मनाही गरे, तर सेठले घरी-घरी आग्रह गर्दा भने, ठीक छ, मसंग एउटा भूत बस्छ, त्यसलाई लगेर जाऊ, त्यसले सबै काम गरिदिने छ।

सेठ भूतलाई साथमा लिएर घर आए। भूतले भन्यो, हेर सेठ! यदि मलाई काम दिएनौ भने म तिम्रो गर्दन भाँचिदिने छु । सेठले भने, मेरो काम कलकत्ता, बम्बई र विदेशहरूसम्म  फैलिएको छ, तिमीलाई फुर्सद मिल्ने छैन । अब सेठले काम बताउँदै गए अनि भूतले काम गर्दै गए। तर भूत त ठहर्‍यो . एक मिनेटमा अमेरिकासम्मको खबर ल्याएर दिन थाल्यो।

सेठ काम बताउँदा-बताउँदा थाके, तर भूत थाक्नुको नामै लिंदैन । सेठ चिन्ताले सुक्न थाले भूतले आफैलाई खाने भयो भने । जब सेठानीलाई यस कुराको थाहा पाइन्। तब सेठानी त्यो साधुकोमा गएर भन्न लागिन्, साधु  महाराज! तपाईंले सेठलाई कस्तो नोकर दिनभयो  सेठ त सूकेर सिट्ठा भइसके, अब उनको ज्यान बँचाउने उपाय  बताउनुहोस्?

 साधुले भन्छन्, 'घरमा गएर एउटा लामो बाँस  ल्याऊ अनि त्यसलाई घरको आंगनमा गाड। त्यसपछि भूतलाई त्यो बाँसको खाँबोमा चढ़दै-उर्तै गरिरहन लगाऊ । बस! भूत थाक्नेछ अनि फेरि कहिल्यै खाने कुरा गर्ने छैन ।' सेठानीले घरमा आएर त्यसै गरिन्। भूत खाँबोमा चढ़दै-झर्दै गर्न थाल्यो अनि केहि दिनमा नै थाकेर प्राण लिने कुरा गर्न छोड्यो। 

मन बाँदर जस्तो चञ्चल छ। जसरी समुद्रमा लहरहरू उठिरहन्छन, उस्तै मनमा संकल्प र विकल्पहरू उठिरहन्छन्। मन एक ठाउँ कहिल्यै अडेर बस्दैन, मनलाई जति अड्याउने कोशिश गरे, उति नै वेगले भाग्छ।

कथाको भाव यो हो कि जीव रूपी सेठको पछाडि मन रूपी भूत परेको छ अनि हर समय खाऊँ-खाऊँ गरिरहन्छ । यद्यपि मन जीवको नोकर हो, तर मालिक बनेर बसेको छ। 

जसको निर्मल बुद्धि रूपी सेठानी सद्गुरु भएको स्थानमा गएर त्यसको बन्धनबाट छुट्न उपाय जानेर मनलाई भजन-साधनमा लगाउँछ ऊ चडै मनको बन्धनबाट छटेर परम सुखी बन्छ। मन एकाग्र भएपछि नै आत्माको साक्षात्कार पनि हुन्छ। 

जसको मन आत्मामा स्थित हुन्छ, उसले सम्पूर्ण भूत-प्राणीहरूमा एउटै आत्मालाई देखछ अनि राग-द्वेष रहति भएर जन्म-मरणको दुःखबाट मुक्त हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ