arrow

मुक्तिनाथ विकास बैंक बन्यो फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
digital-bank-muktinath.jpg

काठमाडौं। एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ। फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको हो।

ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङ्ग  मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन्। मुक्तिनाथ विकास बैंकले १ सय ३६ वटा शाखा, २२ वटा एटिएम, १४ हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, ३२ हजार भन्दा धेरै रेमिट्यान्स् एजेन्ट मार्फत आफ्ना ६ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैकले ग्राहक र मर्चेन्टबीचमा मोबाईल बैंकिङ्ग  र क्युआर भुक्तानीलाई  सक्रियता पूर्वक प्रोत्साहन गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ