arrow

गौरादह नगरले विपन्न परिवारलाई राहत दिँदै, एनआइसी एसियाको खातामा रकम राख्न आग्रह

logo
युबराज रेग्मी,
प्रकाशित २०७६ चैत १८ मंगलबार

गौरादह । झापा जिल्लाको दक्षिण पश्चिमपालिका गौरादह नगरपालिकाले हाल विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोन्ना भाइरस (कोभिड १९) बाट आइपरेको मानवीय स्वास्थलाई मध्यनजर गर्दै यसबाट आइपर्ने समस्यालाई सम्बोधन गर्न नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले विपद व्यवस्थापन कोष स्थापना गरेको छ ।

उक्त कोषबाट प्रारम्भिक समयमा नगर क्षेत्रमा बसोबास गर्ने गरिब विपन्न तथा निमुखा जनतालाई दैनिक गुजारा गर्नका निमित्त आवस्यक पर्ने अत्यावश्यक सामाग्री राहत स्वरुप प्राथमिकताका आधारमा वितरण गर्ने छ ।

साथै कोरोना संक्रमण आशंका गरिएका ब्यक्तिहरुलाई प्राथमिक चेकजाँच गरि आवश्यक परेको खण्डमा नजिकका अस्पतालसम्म पुर्याउने पारबहन ब्यबस्था उपलब्ध गराउने छ । 

 राहत कोषमा गौरादह नगरपालिकाको उद्धार राहत तथा पुनस्थापना खर्च शिर्षकबाट रु १५ लाख र गौरादह नगरपालिकका सम्पूर्ण जनप्रतिनिधिहरुको चैत्र महिनाको मासिक सेवा र सुविधा वापत आउने रकम विपद व्यवस्थापन शीर्षकमा रकमान्तर गर्ने साथै उक्त शीर्षकबाट आवश्यक खर्च व्यवस्था मिलाउने निर्णय भएको नगर प्रमुख रोहित कुमार साहले बताए ।

विश्वब्यापी स्वास्थ्य माहामरीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम र अति विपन्न परिवारहरुलाई राहत वितरण गर्न गौरादह नगरपालिका क्षेत्रका सामाजिक संघ सस्था, गैर सरकारी सस्था, ब्यापारी, उद्यमी र सर्वसाधरणहरुलाई स्वतस्फुर्त रुपमा नगरपालिकाको गौरादह स्थित एन आइ सी एसिया बैंक शाखा गौरादहमा रहेको प्रकोप व्यवस्थापन कोषको खाता नं 87CA503611524005 मा सहयोग रकम जम्मा गर्न  समेत आव्हान गरिएको छ । साथै राहत कोषमा देश विदेशमा रहने परोपकारी मन भएका नेपालीहरुलाई पनि सहयोग गर्न अपिल गरेको छ ।

कोराना भाईरसको कारण सिर्जित जटिल परिस्थितिका कारणले सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ वमोजिमको टेन्डर आव्हान गरि खरिद गर्ने प्रकृया तत्काल सम्भव नभएकोले विपदको परिस्थितिलाई मध्यनजर गर्दै बजारमा रहेका सप्लायर्स र लघुमिलहरु सगँ कोटेसन माग गरि ६०,००० केजी चामल, ३,००० लिटर खाने तेल, ३, ००० केजी दाल, र ३,००० केजी नुन खरिद गर्ने निर्णय समेत बैठकले पारित गरेको छ ।

विश्वब्यापी स्वास्थ्य माहामरीको रुपमा फैलिएको कोराना भाईरसको कारण वाट लकडाउनको अवस्था सिर्जना भई गौरादह नगरपालिका क्षेत्र भित्र रहेका दैनिक ज्यालादारी गर्दै  जिविकोपार्जन गर्ने अति विपन्न परिवारहरुलाई पर्न गएको समस्यालाई मध्यनजर गर्दै त्यस्ता परिवारलाई सम्बन्धित वडा कार्यालय वाट संकलित विवरण अनुसार तत्कालका लागि राहत सहयोग स्वरुप प्रति परिवार १० केजी चामल, १ लि तेल, १ केजी नुन र १ केजी दाल वडा कार्यालय मार्फत उपलब्ध गराउने योजना रहेको नगर प्रमुख साहले बताए । 

साथै कोरोनाको आसंका गरेका ब्यक्तिलाई नगर स्वास्थ्य शाखाका स्वास्थकर्मीहरुले  टोलिले घर घरमै आफै उपस्थित भइ स्वास्थ्य परिक्षण गर्ने तथा आवस्यक परेको खण्डमा कोरोना संक्रमित व्यक्तिलाई आम्दा अस्पताल दमक र मेची अस्पताल भद्रपुरसम्म पुर्याउने ब्यबस्था नगरपालिकाले स्थानिय तबरबाटै ब्यबस्था गरेको बताए ।                       

बिश्वब्यापी सन्त्रासको त्रासदीपुर्ण प्रकोप बाट आइ परेको समस्यामा सहयोग गर्दै अगाडि बढ्न  सम्पुर्ण बुद्धिजिबी समाजसेवी सामाजिक धार्मिक नागरिक तथा नगरमा रहेका विभिन्न सहयोगी र परोपकारी सस्था हरुलाई यस अभियानमा सहायता पुर्याइ सामाजिक योगदान गर्न नगर प्रमुख साहले अनुरोध समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ