arrow

नेपालगन्ज कारागारमा ६० बर्षीय कैदीको मृत्यु

logo
सौरभ गिरी,
प्रकाशित २०७६ चैत १८ मंगलबार
nepalgunj-karagar.jpg

नेपालगन्ज । नेपालगन्ज कारागारमा एक जना कैदीको मृत्यु भएको छ।  कारागारमा सजाय काटिरहेका नेपालगन्ज ८ घर भएका ६० बर्षीय अस्फाक अहमद सिद्दिकीको आज बिहान मृत्यु भएको जेलर देबेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिएका छन् । 

सिद्दिकी बिहान ७ बजेतिर एकाएक बेहोश भएपछि उनलाई भेरी अस्पताल लगिएको थियो,त्यहि उनको मृत्यु  भएको हो । सिद्दिकी मधुमेह रोगबाट ग्रसित रहेको जेलर श्रेष्ठले बताए। 

अस्पताल स्रोतका अनुसार उनलाई हृदयघात भएको हुन सक्ने अनुमान छ । के कति कारणले मृत्यु भएको भन्ने बारेमा मृतक सिद्दिकी शबको पोस्टमार्टम पछि मात्र थाहा हुने जेल प्रशासनले जानकारी दिएको छ। 

सिद्दीकी अपराधीक कसुरमा २ बर्ष अघि कारागार चलान भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ