arrow

महतोले घर भाडा नलिने, साहले एक करोड दिने

logo
प्रकाशित २०७६ चैत १८ मंगलबार
coronavirus-molecular.jpg

सिरहा । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखम रोकथाम र नियन्त्रण गर्न  नेकपाका नेता तथा प्रदेश २ का प्रदेशसभा सदस्य दिलीप साहले रु एक करोड रकम प्रदान गर्ने जानकारी दिएका छन्।
 
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारद्वारा स्थापित राहत कोषमा उनले निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त हुने सो रकम  प्रदान गर्ने बताए ।  
        
यस्तै सिरहाको लहानका व्यापारीका केशव महतोले आफ्नो घरमा भाडा लिएर बसेका १० परिवारसँग चैत महिनाभरिको घर भाडा नलिने जानकारी दिएका छन् । लहान नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनलाई लहान नगरपालिका–४ स्थित विवेक इन्जिनीयरिङले दुईवटा फलामे जस्ताको श्यया उपलब्ध गराएको छ । 
 
 सो नगरपालिका–११ पड्रिया विद्यालयमा नगरपालिकाले स्थापना गरेको १५ श्ययाको क्वारेन्टाइनका लागि  सञ्चालक अभिषेक कर्णले नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत खेमनन्द भुसाल र लहान नगरपालिका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवलाई उक्त श्यया प्रदान गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ