arrow

अति विपन्नलाई बरईले गरे चामल वितरण 

logo
रबिन्द्र यादव,
प्रकाशित २०७६ चैत १९ बुधबार
91702451_1319573031570010_4.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं ४ मा लकडाउनमा अति विपन्न घरपरिवारलाई राहतको रुपमा चामल वितरण गरिएको छ।

दैनिक मजदुरी गरि घरखर्च चलाउने अति विपन्न परिवारलाई प्रतापपुर गाउपालिकाको वडा नं।(४ का वडा अध्यक्ष जन्त्री बरई प्रसाद बरईले ६० घरधुरीलाई राहत स्वरुप १० किलोग्रामको दर चामल बितरण गरेका हुन् ।

लकडाउनको समयमा घरमै बस्न बाध्यता रहेकोले छाक टार्न समस्या भएका अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष बरईले बताए । 

विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण सरकारले गरेको लकडाउनमा वडा भित्र रहेका अति विपन्न परिवारले दिनभरिको ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेको बेलामा सबैले आआफ्नो ठाउबाट अति विपन्न घरपरिवारलाई सहयोग गर्नुपर्ने अवस्था रहेको बरईले बताए ।

कुनै पनि घरपरिवारलाई छाक टार्न समस्या भए मलाई तुरुन्तै सम्पर्क गर्नु भनि सबैमा उनले आह्वान गरे ।

अबको दिनमा यहाको जनताहरुलाई साबुन माक्स लगायतका सामाग्री बितरण गर्ने योजना रहेको समेत सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ