arrow

निलम्बनमा नेपाली क्रिकेट: आइसीसीले नेपाल क्रिकेट संघलाई बोर्ड सदस्यबाट हटायो

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
ICC-and-CAN.jpeg.jpeg
काठमाडौ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीले नेपाल क्रिकेट संघ क्यानलाई बोर्ड सदस्यबाट निलम्बन गरेको छ। आइसीसीको  युएईमा  सोमबार बसेको बोर्ड बैठकले नेपाल क्रिकेट संघलाई निलम्बन  गर्ने निर्णय गरेको हो। आइसीले भनेको छ, ‘नेपाल अब आइसीसीको बोर्ड सदस्यको हदार हुने छैन ।’ क्रिकेट संघमा दुई कमिटीबीचको विवादलाई लिएर सर्वोच्चको मुद्दाको हालसम्म किनारा नलगाएको र निष्पक्ष चुनाव गर्न नसकेको भन्दै आसीसीले विधानको अनुच्छेद  २.९ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको हो। 
 
आइसीसीले सरकारले हस्तक्षेप गरेका कारण क्यानमा स्वतन्त्र र निश्पक्ष चुनाव हुन नसकेको समेत उल्लेख गरेको छ। चतुरबहादुर चन्द नेतृत्वको क्यान महासचिव अशोकनाथ प्याकुर्‍यालले आफुले पनि निलम्बनको कारबाही भएको भन्ने सुनेको तर आधिकारीक पत्र नआएको सुनाए। यसअघि, प्याकुर्‍यालले गरेको पत्राचारको जवाफमा आइसीसीले निलम्बनको चेतावनी दिएको थियो। 
 
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्रधान कार्यलय दुबईमा बसेको बैठकले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको हो। क्यानको विवाद अदालतमा बिचाराधिन रहेको अवस्था र राष्ट्रिय खेलकुद परिषदले क्यान तदर्थ समितीलाई मान्यता नदिने भन्दै निलम्वनमा राखेको हो। 
 
आईसीसीको बिधानको धारा २.९ अन्तर्गत क्यानलाई निलम्वन गरेको जनाएको छ। धारा २.९ले क्रिकेट संघमा सरकारको हस्तक्षेपलाई स्विकार नगर्ने र निर्वाचन प्रकृया मार्फत क्रिकेट बोर्ड गठन हुनु पर्ने जनाईएको छ। 
 
निलम्बित अवस्थामा रहुन्जेल क्यानले कुनै पनि आइसीसीबाट पाउने आर्थिक सुविधा पाउने छैन् तर नेपाली क्रिकेट टोलीले भने आईसीसीका प्रतियोगिताहरुबाट भने बञ्चित हुनुपर्ने छैन्। 
 
आइसीसीले नेपाली क्रिकेटको बोर्ड गठनकालागि सहयोग गर्ने पनि बिज्ञप्तिमा जनाईएको छ। नेपाली क्रिकेटको बिकासकालागि निर्वाचित समिती गठन गर्न आईसीसी सकृय हुने भएको छ। 
 
राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशबकुमार विष्टले आफुहरुलाई आधिकारीक जानकारी नआएको बताए । उनले भने, ‘बैठक थियो, निलम्बन गर्ने भन्ने कुरा थियो ।’ अहिले पनि क्यानलाई उनीहरुले काम गर्न दिएका थिएनन् । एउटै क्यान हुनु पर्ने उनीहरुको जोड हो ।
 
विष्टले हालसम्म क्रिकेट गतिविधि नरोकिएको र क्यानलाई काम गर्न नदिएको अवस्था थियो । तर, उनले आश्चर्यजनक रुपमा नामिवियासंगको खेल समेत आफ्नै निगरानीमा गराउन इन्डियनहरुको हात रहेको बताए। क्यान निलम्बनमा परेपनि नेपाली क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ