arrow

अलपत्र कामदार घर फिर्ता

logo
प्रकाशित २०७६ चैत १९ बुधबार
melamchi.jpeg

मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र आसपास रहेर काम गर्ने करीब सय मजदूरलाई  घर पठाइएको छ।  कोभिड १९ का कारण काम रोकिएर अलपत्र  कामदारलाई पासको व्यवस्था गरी मङ्गलबार घर पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

मेलम्ची भोताङ, मेलम्ची धाप सडक खण्ड र  याङ्ग्री –लार्के सडकखण्ड निर्माणको काम गर्ने  ९८ कामदारलाई  घर पठाइएको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक चौताराबाट पासको व्यवस्था मिलाई  गाडी भाडामा खाजेर आआफ्नो घर पठाइएको तामाङले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ