arrow

विदेशबाट एक हजार २२० फर्किए

logo
रासस,
प्रकाशित २०७६ चैत १९ बुधबार
Dailekh_District.png

दुल्लु। कोभिड–१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन्। जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ को आठविस नगरपालिकामा ३०४ भित्रिएका छन् भने दुल्लु नगरपालिकामा २२०, चामुण्डा विन्द्रासैनी नगरपालिका ५५, भैरवी गाउँपालिकामा ६८, ठाटीकाँध गाउँपालिकामा १५७ भारत वा तेस्रो मुलुकबाट ती स्थानीय तहमा आएका छन्।

निर्वाचन क्षेत्र नं १ को नारायण नगरपालिका सबैभन्दा बढी १५९ भारत वा तेस्रो मुलुकबाट भित्रिएका छन् भने क्रमशः गुराँस गाउँपालिकामा २७, डुङ्गेश्वर गाउँपालिकामा ४७, भगवतीमाई गाउँपालिका ८४, नौमुले गाउँपालिकामा ७०, महाबुगाउँपालिका २९ गाउँ भित्रिएका छन्। गाउँ भित्रिएका एक हजार २२० मध्ये २०  जना मात्र दुल्लु क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ।

हाल जिल्लामा ३३ आइसोलेसन कक्ष छ भने २२८ क्वारेन्टाइन श्यया निर्माण गरिएको छ। नारायण नगरपालिकाले सङ्क्रमण फैलिन नदिन दुई दिनअघि जिल्ला सदरमुकाममा क्लोरिन औषधिसमेत छर्किएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ