arrow

भारतमा काममा गएका पलाँताका सय बढी अलपत्र, नेपाल भित्रका केहीलाई उद्दार

logo
प्रकाशित २०७६ चैत १९ बुधबार
91500053_755635931507682_25.jpg

कालिकोट। कालिकोटको पलाँता गाउँपालिकाका धेरै ब्यक्तिहरु नेपालका विभिन्न भुभागबाट उद्दार गरि घरमा ल्याईए पनि  भारतका विभिन्न शहरमा अलपत्र अबस्थामा रहेका गाउँपालिकाबाट काम र  ब्यापारको शिलशिलामा गएका ब्यक्तिहरुलाई उद्दारका लागि समस्या भईरहेको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताएका छन् । 

सुर्खेत, नेपालगन्ज लगायत भारतबाट आएर बाटोमा अलपत्र परेका एक सय तीस जनालाई गाउँपालिका पुर्याईसकिएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष बमले जानकारी दिएका छन् ।

भारतमा रहेकालाई उद्दार गर्न गाउँपालिकाको क्षमताले नभ्याउने भएकाले माथिल्लो निकायसंग पहल भइरहेको गाउँपालिकाले जनाए पनि अलपत्रमा रहेकाहरुका परिवार चिन्तित देखिन्छन् ।  

मास्क र साबुन बाँडेर सामाजिक चर्चा भन्दा अन्य गाउँपालिकाबाट आएकालाई आफुहरुले पनि सम्मान साथ ब्यबस्थित राख्ने र आफ्ना गाउँपालिकाका ब्यक्तिलाई अन्य गाउँपालिकाले पनि ब्यबस्थापन गरिदिन हुन र लागेको खर्च बेहोर्न तयार रहेको पनि गाउँपालिका अध्यक्ष बमले बताएका छन् । 

कालिकोटको पलाँता क्षेत्रलाई कालिकोटको पनि विकट बस्तीका रुपमा हेरिने भएकाले यस क्षेत्रका अधिकांश ब्यक्तिहरु घर छोडेर कालापहाड जाने भएकाले देशका विभिन्न भुभाग र भारत का विभिन्न शहरमा धेरै ब्यक्ति हरु अलपत्र परेको हुनसक्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ