arrow

आईसीसी बैठक: नेपाली क्रिकेट निलम्बनमा, अफगानिस्तान र आयरल्याण्डलाई ५ करोड

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
ICC_Meeting.jpg.jpeg
काठमाडौं। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्रधान कार्यलयमा दुबईमा बसेको बैठकले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ भने दुई एसोसियट्स देश अफगानिस्तान र आयरल्याण्ड प्रत्येक टोलीलाई ५ लाख डलर (लगभग ५ करोड नेरु) एकदिवसिय क्रिकेट बिकासकालागि सहयोग गर्ने निर्णय गरेको छ। 
 
दुई देशलाई एकदिवसिय क्रिकेट बिकासकालागि उक्त रकम दिइएको आईसीसीले जनाएको छ। उक्त रकमले दुई देशलाई धेरै क्रिकेट खेल्न र आफ्नो एकदिवसिय बरियता बढाउन सहयोग गर्ने आईसीसीले विश्वास गरेको छ।
 
आईसीसीले जनवरी २०१४मा आइसीसी एकदिवसय बरियतामा १२ टोलि समावेश गरेको थियो।  सन् २०१९मा हुने एकदिवसिय विश्वकप क्रिकेटमा पहिलो ८ टोलीले सिधै प्रवेश पाउनेछन् । 
 
आईसीसीको बिधानको धारा २.९ अन्तर्गत क्यानलाई निलम्बन गरेको जनाएको छ। धारा २.९ले क्रिकेट सँघमा सरकारको हस्तक्षेपलाई स्विकार नगर्ने र निर्वाचन प्रकृया मार्फत क्रिकेट बोर्ड गठन हुनु पर्ने जनाईएको छ। 
 
निलम्बित अवस्थामा रहुन्जेल क्यानले कुनै पनि आइसीसीबाट पाउने आर्थिक सुविधा पाउने छैन् तर नेपाली क्रिकेट टोलीले भने आईसीसीका प्रतियोगिताहरुबाट भने बञ्चित हुनुपर्ने छैन्। 
 
आइसीसीले नेपाली क्रिकेटको बोर्ड गठनकालागि सहयोग गर्ने पनि बिज्ञप्तिमा जनाईएको छ। नेपाली क्रिकेटको बिकासकालागि निर्वाचित समिती गठन गर्न आईसीसी सकृय हुने भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ