arrow

दश हजार रोल्पालीको उद्दार गरौँः कांग्रेस सभापति पुन

logo
प्रकाशित २०७६ चैत १९ बुधबार

रोल्पा । नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा काम गर्ने झण्डै १० हजार रोल्पाका मजदुरको उद्दार गर्न आग्रह गरेका छन् । 

उनले विज्ञप्ति जार्दै समस्यामा परेका रोल्पालीलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह समेत गरेका छन् । 

पुनमगरले क्वारेन्टाइनमै स्वास्थ्यकर्मीको निगरानीमा काम गर्ने वातावरण मिलाउन वा उनीहरूले काम गरिरहेको ठाँउमा नै भोक टार्ने वातावरणका लागि राहत पुर्याउन सरकारसँग माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ