arrow

अन्तत: वेलहिया नाकामा अलपत्र नेपालीलाई भारततिरै फर्काइयो

प्रदेश सरकारको निर्णयमा संघीय सरकारको अंकुश

logo
नारायण वली,
प्रकाशित २०७६ चैत १९ बुधबार
naka1.jpg

रुपन्देही। वैदेशिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँहरुबाट वेलहिया नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने नेपालीहरुलाई भारततिरै फर्काइएको छ। गत सोमवारदेखि नेपाल– भारतको सीमावर्ती नाका रुपन्देहीको वेलहिया अर्थात् भारत तर्फको सुनौलीमा अलपत्र अवस्था परेका नेपालीहरुलाई अन्तत भारततिरै फर्काइएको हो । 

जसका कारण उनीहरुको नेपाल आउने सपना केवल दिवा सपनामा परिणत भएको छ । भारतका विभिन्न ठाउँहरुबाट आफ्नो घरका लागि रूपन्देहीको सीमापारीसम्म आएका करिव ३ सय जति नेपालीहरुलाई नेपाल सरकारले नेपाल आउन नदिएपछि सोमबार देखि सीमा नाकामै अलपत्र परेका थिए ।

नेपाल– भारतको सिमा क्षेत्र दशगजा अन्तर्गत सुनौलीमा बस्दै आएका नेपालीहरुलाई माथिको आदेश नआउँदासम्म आफुहरुले नेपाल प्रवेश गर्न नदिने वताउँदै, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रवेश गर्न दिएको थिएन । तर गत आईतवार प्रदेश नं. ५ को मन्त्रीपरिषद् वैठकले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण बिरुद्ध प्रदेश सरकार लडिरहेको भन्दै प्रदेश अन्तर्गतका १२ वटै जिल्ला प्रशासन कार्यालय मार्फत् सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुलाई सम्बन्धित जिल्लामा समूह बनाई घर पठाउने, एम्वुलेन्स चालकहरुलाई जिप्रका मार्फत् स्वास्थ्य सुरक्षाका लागि पिपिई उपलब्ध गराउने निर्णय गरेको थियो । 

यस्तै मन्त्रीपरिषद् वैठकले सिमा नाकाबाट नेपाल ल्याईने नागरिकहरुलाई सम्बन्धित स्थानीय तहले खानपिनको व्यवस्था सहित उनीहरुलाई क्वारेन्टाइनमा जिम्मा दिने, निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले यातायातका साधनहरुको पास र सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्नुपर्ने जस्ता बैठकमा निर्णय भएका थिए । 

तर विडम्वना, प्रदेश सरकारको मन्त्रीपरिषद् निर्णयलाई संघिय सरकारले चिर्दै, रुपन्देहीको वेलहिया–पारी सुनौली नाकामा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउने विषयमा जहाँको त्यहीँ वस्ने भनेपछि मंगलबार (हिजो) दुवै देशका अधिकारीहरुको वठैक वसेर पारी रहेका नेपालीहरुलाई भारतको नौतनवामा वनाईएको क्वारेन्टाईनमा राख्ने र यता वेलहिया नाकामा रहेका १ सय २५ जना भारतिय नागरिकहरुलाई रुपन्देहीको भैरहवास्थित प्रतिमान निमा स्मृति प्रतिष्ठानमा राख्ने निर्णय भएपछि देशका नागरिकहरु आ–आफ्नो देशमा जानबाट वञ्चित हुन पुगेका छन् ।      

यसैविच भारतको नौतनवामा पठाईएका नेपालीहरुको टोलीमा रुपन्देहीको मंगलापुरकी करिव १० दिनकी सुत्केरी समेत रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ