arrow

सलमानसँग अभिनय गर्न परे यस्ता छन् ऐश्वर्याका शर्त

logo
प्रकाशित २०७६ चैत १९ बुधबार
salman-aish1.jpg

एजेन्सी । बलिउड कलाकार ऐश्वर्या राय बच्चन र सलमान खानको प्रेम प्रसंग बलिउडमा निकै चर्चामा रहेने गरेको छ ।  ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् भने सलमान लुलियासँग डेटमा छन् ।  कुनै समयका यी प्रेम जोडि पुन: पर्दामा देखिने सम्भावना बढेको बताइएको छ ।
 
ऐश्वर्याले एक म्यागजीनमा दिएको अन्तर्वार्तामा सलमानसँग अभिनय गर्न कुनै अफ्ठ्यारो नरहेको बताएकी थिइन‍् । ऐश्वर्याले भनिन्,- 'यदि मलाई यस्तो अफर आएमा म विचार गर्ने छु, मलाई सलमानसँग अभिनय गर्न कुनै अफ्ठ्यारो छैन ।'

तर यसको लागि ऐश्वर्याले एउटा सर्त राखेकी छन् । उनले भनिन् - यसको लागि मेरो एउटा सर्त छ कि म चलचित्रको स्क्रिप्ट र निर्देशक सहि भएमा मात्र सलमानसँग अभिनय गर्नेछु । ऐश्वर्याको सो अभिव्यक्ति प्रति सलमानले कुनै प्रतिकृया दिएका छैनन् ।

सालमान र ऐश्वर्या रायको सम्बन्ध शुरु सन् १९९७ मा भएको थियो । त्यतिबेला सलमान बलिउडका सुपरस्टार बनिसकेका थिए । ऐश्वर्या भने बलिउडमा आफ्नो करियर बनाउन संघर्ष गरिरहेकी थिइन् । त्यतिबेला सलमान खान पाकिस्तानकी सोमी अलीसँग प्रेम सम्बन्धमा थिए । ऐश्वर्याले विश्व सुन्दरीको अवार्ड जितेपछि सलमानलाई उनी निकै मन परेको थियो । जसको कारण उनले सोमीलाई ब्रेकअप दिएका थिए । उनले ऐश्वर्यालाई फिल्म दिलाउन पनि धेरै सहयोग गरेका थिए ।

संजय लीला भंसालीले सलमानको आग्रहमा ‘हम दिल दे चुके सनम’मा ऐश्वर्यालाई अभिनयको अवसर दिएका थिए । यो फिल्मको शुटिङको क्रममा उनीहरुको बीचमा प्रेम सम्बन्ध स्थापित भएको थियो । त्यसपछि ऐश्वर्या सलमानलाई भेट्न उनको घर जान थालेकी थिइन् ।  ऐश्वर्या रायका माता–पितालाई भने सलमान खानसँग उनले भेट्ने गरेको कुरा मन परेको थिएन ।

एक किताबमा उल्लेख गरिएअनुसार ऐश्वर्याले सलमानसँगको सम्बन्ध छाड्न परिवारले गरेको आग्रह मानेकी थिइनन् र उनी आफ्नो माता–पिताको घर छाडेर मुम्बईको एक अपार्टमेन्टमा बस्न थालेकी थिइन् । उनीहरुको प्रेमसम्बन्धमा दरार आउनुमा एकपटक सलमान खान आधा रातमा ऐश्वर्याको घर गएर ढोकामा हान्न थालेका थिए । त्यतिबेला उनको हातबाट रगत पनि आएको गियो ।

तर, ऐश्वर्याले भने बिहान ६ बजे मात्र ढोका खोलेकी थिइन् । त्यसपछि पनि उनीहरुको बीचमा धेरै विवाद तथा झगडा भए । ऐश्वर्याले सलमानलाई गाली गरेको र मारपीट गरेकोजस्ता धेरै आरोप लगाइन् र उनीहरुको लभस्टोरीको दुःखद् अन्त्य भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ