उद्योगी नगेन्द्र अग्रहरीबाट विपन्न परिवारका लागि सहयोग
रबिन्द्र यादव,
प्रकाशित २०७६ चैत २० बिहिबार
413
Shares
नवलपरासी पश्चिम । लकडाउनको समयमा दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अति विपन्न वर्गलाई राहत वितरणका लागि उद्योग वाणिज्य संघ उपाध्यक्ष, युवा समाजसेवी र आरती एग्रो र नवलपरासीका उद्योगी सुवासचन्द्र अग्रवालले रु ५१ हजार सहयोग गरेका छन् ।
नवलपरासीका उद्योगी ओमप्रकाश अग्रहरीले रु ५१ हजार सहयोग गरेका छन् । उनी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष र अग्रहरी ओम नेचर फुड्स प्रालिका सञ्चालक हुन् ।
एस के खाद्य उद्योगका संचालक सुरज अग्रवालबाट रु २५,००० नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीबाट रु २५,००० नाग नागिन खाद्य उद्योगबाट रु २१००० सहयोग प्राप्त भएको छ ।
जिल्ला उद्योग वाणिज्य संघ मार्फत राहत वितरणका लागि उनीहरुले संघको राहत कोषमा उक्त रकम सहयोग गरेका हुन् ।
विश्वलाई नै कोरोना भाईरस (कोभिड–१९) ले आक्रान्त बनाएपछि त्यसको जोखिम नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई भोकै हुने अवस्था नआओस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको नगेन्द्र अग्रहरीले बताए ।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीका अनुसार यी सबै रकमलाई जिल्ला प्रशासन, स्थानिय तह र जिल्ला समन्वय समितिको समन्वयनमा जिल्लाको सात वटै स्थानियमा वितरण गर्ने जानकारी दिए ।