arrow

हेम एन्ड माया फाउन्डेसन र ढुंगाना परिवारद्वारा गौरादहमा राहत 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७६ चैत २० बिहिबार
lockdown-rahat.jpg

गौरादह । बिश्वब्यापी महामारी रोग कोरोना भाइरसको संक्रमणकालिन अवस्थामा नेपाल भर ज्यालादारी गरि  आफ्नो दैनिक गुजारा गर्ने बिपन्न ब्यक्तिहरुको दैनिकीमा समस्या परेको विभिन्न  सन्चारमाध्यम मार्फत जानकारी प्राप्त  भएपछि हेम एन्ड माया फाउन्डेसन नेपाल नामक एक संस्थाद्वारा गौरादह बजार आसपास रहेका अति बिपन्न परिवारलाई बुधबार अत्यावश्यक राहत सामाग्री बितरण गरेको छ ।

राहत सामाग्री अन्तरगत अति बिपन्न १५ परिवारलाई खाद्य सामाग्री बितरण गरेको हो । राहत सामाग्री अन्तरगत उक्त संस्थाले प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, १ केजी नून र १ लिटर तेल बितरण गरेको छ ।

परोपकारी ब्यक्तित्व हेम थापाको अध्यक्षता रहेको यस संस्थाले झापाको मेचिनगर नगरपालिका, दमक नगरपालिकालगायत नेपाल अधिराज्यभर राहत सामाग्री र सहयोग उपलब्ध गराउँदै आएको जानकारी सो संस्थाका सदस्य लाल प्रसाद फुयलले जानकारी गराएका छन् । 

राहत वितरण कार्यमा संस्था सम्बद्ध दमक निवासी प्रजिता दंगाल  र गौरादह निवासी प्रबासी रुद्र पौडेलले समन्वय गरेका थिए । 

 साथै गौरादह नगरपालिका वडा न २ निवासी केशब ढुंगाना र शान्ता ढुंगानाका छोरा बुहारी बिजय ढुंगाना र एलिजा ढुंगानाबाट बुधबारै १८ परिवारलाई दुई लाख रुपैयाँ बराबरको र वडा न १ निवासी गङा ढुंगानाले ५ परिवारलाई सोही अनुरुपका राहत सामाग्री बितरण गरेका छन् । 

यी सबै राहत सामाग्री बितरण कार्यमा गौरादह नगरपालिका वडा न १ का वडा सदस्य कोमल ढुंगानाले सहजिकरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ