arrow

आईपीएल क्रिकेट: पञ्जाब बिरुद्ध मुम्बईको शानदार जीत

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
IPL_Mumbai_punjab.jpg.jpeg
काठमाडौं। मुम्बई ईण्डियन्सले किङ्ग्स ईलेवन पञ्जाबलाई २५ रनले पराजित गरेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८९ रन बनाएको थियो। मुम्बईका पार्थिव पटेलले ५८ बलमा ८१ रन बनाएका थिए भने अम्बती रायडुले ६५ रनको योगदान दिएका थिए। 
 
फर्ममा रहेका मुम्बईका कप्तान रोहित शर्मा २ बल खेल्दै खाता नखोली आउट भएका थिए। पञ्जाबका मोहित शर्माले ३ विकेट हात पारेका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको पञ्जाब २० ओभरमा ७ विकेटको नोक्सानीमा १६४ रन बनाउँदै हार स्विकार गरेको थियो। पञ्जाबकाालगि ग्लेन म्याक्सवेलले ३९ बलमा ५६ रन बनाएका थिए। त्यसैगरि शन मार्सले ३४ बलमा ४५ रनको योगदान दिएका थिए। 
 
मुम्बईका जस्प्रित बुमराहले ३ विकेट लिएका थिए भने टिम साउदीले २ विकेट हात पारेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ