arrow

लकडाउनमा ऋतिकको घरमा पूर्व पत्नी सुजैन, यसो भन्छन् राकेश 

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
hrithik-roshan-sussanne.jpg

काठमाडौं । कोरोना भाइरसका कारण भारतभर २१ दिने लकडाउन चलिरहेको छ । बलिउड पनि ठप्प छ । तर बलिउड नायक ऋतिक रोशनको घरमा उनकी पूर्व पत्नी सुजैन खान पुगेकी छिन् । 

केही समयदेखि सुजैन ऋतिकको घरमा रहेकी हुन् । सरकारले लकडाउन लगाएर कसैलाई पनि घरबाट बाहिर निस्कन नदिएपछि आफ्ना बच्चाहरुसंग समय बिताउन सुजैन ऋतिकको घरमा गएकी हुन् । 

सुजैन ऋतिकको घरमा बसेको बारेमा ऋतिकका बाबु निर्देशक राकेश रोशनले अन्तर्वार्तामा आफ्नो प्रतिक्रिया दिएका छन् । 

उनले भनेका छन्, ‘सारा सन्सारलाई यस मुस्किल घडीमा साथै हुनु जरुरी छ र आपसमा समर्थन गर्नु जरुरी छ ।’ केही दिनदेखि सुजैन खान आफ्ना दुई बच्चा रेहान र रेदानलाई लिएर पूर्व पतिको घरमा छिन् । 

सुजैनले पनि सामाजिक संजालमार्फत ऋतिकको घरमा भएको जानकारी दिएकी हुन् । उनले अफिसियल इन्स्टाग्राममा तस्वीर राखेर यो जानकारी गराएकी हुन् ।

सुजैन ऋतिकको घरमा क्वारेन्टाइनमा कसरी बसिरहेकी छु भन्ने बारे पनि जानकारी दिएकी छिन् । 

सुजैनले सन् २००० मा ऋतिकसंग विवाह गरेकी थिइन् । तर सन् २०१४ मा सम्बन्ध विच्छेद (तलाक) भएको थियो । तलाक पछि पनि उनीहरु समय समयमा छुट्टी मनाइरहेको देखिँदै आएको थियो ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ