arrow

लकडाउनमा लागुऔषध बेच्दै हिडेका दुई पक्राउ

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २० बिहिबार
drug3.jpg

रुपन्देही । लकडाउनको फाईदा उठाउँदै लागुऔषध वेचविखन गर्दै हिडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उप–महानगरपालिका वडा नं.११ मा लागूऔषध बेचबिखन गर्दे हिँडेका शिव थापा र ईन्द्र गुरुङ पक्राउलाई अस्थायी प्रहरी चौकी देविनगरका प्रहरी निरक्षक रुम केसीको टोलीले पक्राउ गरेको वताईएको छ ।

पक्राउ गरेका दुई जनालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बुटवल पठाईएको अस्थायी प्रहरी चौकी देविनगरले जनाएको छ । यस्तै पक्राउ परेका दुई जनाको साथ वाट फेनारगेन ६० सिसि फेला परेको प्रहरीले वताएको छ । 

यसैविच पक्राउ परेका उनीहरुलाई लागूऔषध बेचबिखन अन्र्तगत लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्धा अगाडि वढाईने ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ