arrow

'डियर कोरोना'

logo
धीरज शर्मा,
प्रकाशित २०७६ चैत २० बिहिबार
china-coronavirus1.jpg

बार्सिलोना । डियर कोरोना
चीनको वुहानमा जन्मिएकी तिमी
विश्व शान्ति र एकताको नारा लिएर
निस्किएकी छौ आज विश्व भ्रमणमा
सानो सानो सोच लिएर
मै खाऊँ मै लाऊँ भन्नेहरु
ठुला ठुला हतियार लिएर
एकै गाँसमा विश्व निल्न चाहनेहरु
सायद तिमीलाई देखी सहदैनन्
तर कहिल्यै एक्लो नसोच्नु
म तिमीलाई फुल जत्तिकै मन पराउछु
म तिमीलाई माया गर्छु |

डियर कोरोना
कहिल्यै अरुको अस्तित्व नस्वीकार्नेहरु
आज आफ्नै अस्तित्व खोजिरहेछन
सधैँ अरुलाई बन्धक बनाउनेहरु
आज आफ्नै घरभित्र कैद भएका छन
आफैलाई विशाल र शक्तिशाली सम्झनेहरु
आज तिमी भन्दा पनि सूक्ष्म भएका छन
तिम्रो लीला देखेर सन्त्रस्त बनेका छन
आफ्नो औकात बुझ्न थालेका छन
मानवता र सहिष्णुताको पाठ सिकाउने तिमीलाई
म फुल जत्तिकै मन पराउछु
म तिमीलाई माया गर्छु |

डियर कोरोना
मेरो देशको केन्द्रदेखी कुना कुनासम्म
विदेशी प्रभुको जुत्ताको तलुवा चाट्न तयार
तर नेता नामको पगरी गुथेर
देश बनाउछु भन्दै देश खानेहरु
शक्तिको दम्भ बोकेर मेरो देशको छातिमा
बुट बजार्न चाहने बिदेशी वैरिहरु
म उनीहरुलाई कत्ती मन पराउदिनँ
बुद्धको मन र हिटलरको रुप लिएर
विश्व यात्रामा निस्केकी तिमीलाई
म फुल जत्तिकै मन पराउछु
म तिमीलाई माया गर्छु |

डियर कोरोना
विश्व शान्ति र एकताको नारा लिएर
विश्व भ्रमणमा निस्किएकी तिमी
कहिल्यै कसैको प्रलोभनमा नपर्नु
दुष्टलाई नछोड्नु निर्दोशलाई नछुनु
सुशानको खडेरी लागेको मेरो देशले
एउटा असल छोरो जन्माउन नसके पनि
विश्वले जन्मायो एउटी वीरङ्गना
बत्तिस लक्षणले युक्त मेरी कोरोना
मैले तिमीलाई मुटुमा राखेको छु
बिर्सिएर पनि मेरो फोक्सोमा नजानु
म तिमीलाई फुल जत्तिकै मन पराउछु
म तिमीलाई माया गर्छु |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ