- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
सो रकम बराबरको चेक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारको तयारीका लागि सरकारले कोषको स्थापना गरेको थियो ।
कोषमा विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका छन् । निगमले राष्ट्रिय आवश्यकता, प्राकृतिक विपत्ति, भूकम्प तथा बाढी पहिरोजस्ता प्रकोपका समयमा संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी राहत तथा सहयोग गर्दै आएको छ ।