arrow
ADVERTISEMENT

युरो र सिलौटी हाउजिङले यसरी बनाउँदैछन खोलामाथि हाउजिङ र प्लटिङ

गुण्डादेखि मालपोत नगरपालिका र स्थानीय विकास अधिकारीसहितको मिलोमतो

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
housing-silauti.jpg.jpeg
काठमाडौं। देशभरका सार्वजनिक जग्गामा भु–माफियाको गिद्धे दृष्टी रहेको नौलो बिषय रहेन । तर,  भुमाफियाकै सहयोगमा सरकारी कर्मचारी नै सार्वजनिक जग्गा मिचेर बनेका हाउजिङ र प्लटिङमा हिस्सेदार बन्न थालेको फेला परेको छ । स्रोतका अनुसार उपत्यका विकास प्राधिकरण, मालपोत कार्यालय, उपमहानगरपालिका र स्थानिय गुण्डाको मिलमतोमा ललितपुरमा रातारात खोला मिचेर नै हाउजिङ र प्लटिङ गरेको फेला परेको हो ।
 
नेपालको एकमात्र दक्षिणबाट उत्तरतर्फ बग्ने कर्मनासा खोला र सार्वजनिक जग्गा मिचेर केही हाउजिङ कम्पनीले ललितपुरको हरिसिद्धि क्षेत्रमा आफु खुसी जग्गा प्लटिङ र अग्ला भवन बनाएको जनप्रहारले फेला पारेको हो । स्रोतका अनुसार ललितपुर उपमहानगरपालिकाको वडा नम्बर २८, २९ र ३० अन्र्तगत रहेको कर्मनासा खोला छेउको जग्गा अतिक्रमण भएको हो । यसरी जग्गा अतिक्रमणमा उपत्यका विकास प्राधिकरणका योगेशकृष्ण पराजुली, उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणी पाण्डे, जिल्ला विकास समिति ललितपुरका स्थानिय विकास अधिकारी पशुपति पोखरेल र मालपोत कार्यालय ललितपुरका प्रमुख नारायणप्रसाद आर्चायको प्रत्यक्ष संलग्नता रहेको छ । 
 
हरिसिद्धि र हात्तिवन क्षेत्र भएर बग्ने कर्मनासानदीको दायाँबायाँ नै मापदण्ड मिचेर खोलामा पर्खाल लगाएर युरो र सिलौटी हाउजिङले जग्गा प्लटिङ र हाउजिङ बनाएका हुन् । स्थानिय वडा सचिव सानोबाबु सिलवालको प्रत्यक्ष सहयोगमा टंक श्रेष्ठ , बिद्युत माफिया ज्ञानेन्द्रबहादुर श्रेष्ठ र मदनबहादुर लिम्बुले हाकाहाकी सार्वजनिक जग्गा कम्पनीमा दाबेर करौडौको कारोबार गरिरहेका हुन । यस्तै कान्तिपुर टेलिभिजनसँग आवद्ध रहेका गणेश अग्रवाल र चर्चित लिटिल एन्जलस स्कुलले समेत कर्मनासा नदीकै जग्गा मिचेर ठुला भवन ठड्याएका हुन् । यसका लागि स्थानिय सानुराजा महर्जन समुहले सबै चाँजोपाजो मिलाएको स्रोतको दाबी छ ।
 
जिविस, उपमहानगरपालिका र मालपोत कार्यालयमा रहेको खोलाको नक्सा र खोलाको बहाव क्षेत्र नै परिवर्तन गरि हाल नयाँ नक्साका आधारमा धमाधम सो क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भइरहेको छ । ललितपुरमा भएको जग्गा अतिक्रमणका बिषयमा बारम्बार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानिय अधिकारीलाई बोलाएर रोक्न पहल गरेपनि करौडो कमाउने दाउमा सरकारी अधिकारीले टेरपुच्छर नलगाएको जनप्रहार साप्ताहिकले लेखेको छ। अख्तियारले चैत्रमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा, स्थानियविकास अधिकारी पशुपति पोखरेल र उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत भरतमणि पाण्डेलाई टंगालमै बोलाएर सार्वजनिक जग्गामा भइरहेको अतिक्रमण रोक्न निर्देशन दिएपनि सरकारी अधिकारीले कुनै पहल गरेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ