arrow

लकडाउन : सद्दे मानिसलाई विरामी बनाई यात्रु ओसार्दै एम्बुलेन्स

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७६ चैत २० बिहिबार
ambulance1.jpg

मुगु । लकडाउनको फाईदा उठाउदै एक एम्बुलेन्सले सद्दे मानिसहरु विरामी बनाई ओसारप्रसार गर्दै पैसा असुली रहेको पाईएको छ   । सुर्खेतमा रहेको नेपाल अर्वोद्ध निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखि मुगुसम्म विरामीको नाममा खचाखच मानिस राखेर ओसार पसार गर्ने गरेको पाईएको हो ।

भे १ च ६७६ नम्बरको उक्त एम्बुलेन्सले दुईजना सन्चो भएका विरामीको विरामी पुर्जा देखाएर मुगुका १२ जना मानिसलाई सुर्खेतबाट मुगु रिर्जवमा ल्याएको छ  ।  दुईजना विरामी सन्चो भई आएको र विरामीको कार्ड सुरक्षा चेकजाँचमा देखाउने,त्यसलाई पास जस्तो गरेर अन्य यात्रु हालेर ल्याएको उक्त एम्बुलेन्स मुगुका लागी मंगलवार सुर्खेतवाट छुटेको थियो । 

मानिस विरामी भएको खण्डमा सुविधा सम्पन्न अस्पतालमा लिनु पर्ने ठाउँमा दुर्गममा सुगमबाट विरामी ल्याउनु भनेको नै संकास्पद देखिन्छ । सन्चो भएका बिरामीको नाममा कागजपत्र बनाई एम्बुलेन्सले मानिस ओसार्नु गैह कानुनी,गैर जिम्मेवार र लग डाउनको चरम उल्लघन भएको देखिन्छ  ।

मुगुका माननीयको सम्र्पकबाट  मुगमा बिरामी पठाउनु छ, भन्ने खबरका साथ एम्बुलेन्स भाडाँका लागी पठाएको हुँ बिचमा अन्य मानिस हालेको थाहा नभएको नेपाल अर्र्वोद्ध निवारण संस्था सुर्खेतका कर्मचारी दिपक रावतले बताए ।  उनका अनुसार दुई जना बिरामी र दुईजना कुरुवाको लागी ३८ हजार भाडामा एम्बुलेन्स पठाईएको भएपनी त्यती धेरै मानिस हालेको आफुलाई थाहा नभएको रावतले बताए ।

यता जिल्ला प्रशसान कार्यलय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाका अनुसार एम्बुलेन्सले बिरामी बोक्ने हो । तर मानिस ओसारने हैन । एम्बुलेन्सले मानिस ल्याएर मुगु आएपनी बिच बिचका चेक पोष्टले निगरानि राख्नु  पर्ने हो, राखेन छन । अब त्यस्का बारेमा जाँच बुझ गर्ने प्रजिअ निरौलाले बताए । एम्बुलेन्समा दुई बिरामी सहित १२ जना आएका थिए । 

यहि एम्बुलेन्सले लकडाउनको मौका छोपी सुर्खेत,नेपालगंगबाट पहाडी जिल्लाहरुमा जाने यात्रुहरुलाई नक्कली विरामी बनाई रिजर्वमा कणाली तथा सुदरपश्चिमका जिल्लाहरुमा जाने सुचना सो्रतले जानकारी दिएको छ । 

बिश्वभरी कोराना भाईरस (कोभिड १९) का संक्रमण बढ्दै गएको र त्यसको प्रभाव नेपालमा नफैलियोस भनेर नेपाल सरकारले लगडाउनको घोषणा गरी आवत जावतमा रोक लगाएको भएपनी लग डाउनको कर्णालीका जिल्लामा चरम  उलघंन भएको छ । अरु प्रदेशका तुलानामा कर्णाली प्रदेशका जिल्लाहरुमा नेपाल सरकारले गरेको लग डाउनको चरम उल्लघन भएको देखिन्छ । 

यस अघि पनी मुगु आउने र हुम्ला जाने बिद्यार्थी, सर्वसाधारणका लागी भन्दै सुर्खेत नेपालगञ्जबाट गाडि रिर्जभ गरी मानिस मुगुसम्म राता रात ओसार्ने गरेर लगडाउनको चरम उल्लघन गरिएको थियो । मुगुसहित कर्णाली प्रदेशका जिल्लामा लग डाउनको चरम उल्लघन भएको भएपनी स्थानीय प्रशासन ठुला बडाको मिलोमत्तोमा रहि  निरीह बनेको देखिन्छ ।

बजारमा लगडाउनको  पालना गरी आवत जावतमा रोक लगाईएको भएपनी गाउँघरमा त्यसको प्रभाव परेको छैन । नागरिक खुलेआम हिड डुल गरीरहेका देखिन्छन । मानिसहरु भिड भाड गर्ने जाने ,जुवा तास खेल्ने जस्ता कृयाकलाप गरिरहेका छन भने किसानहरु बर्षे बालि धान,कोदो छर्नमा ब्यस्त छन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ