arrow

कोरोना कहर: व्यवसायिक पशु पालकहरु भन्छन्, 'कोरोनाकोे भन्दा बैंकको ऋणको चिन्ता बढ्यो'

लकडाउनमा गाई भैंसी कसरी पाल्ने चिन्ता

logo
नारायण वली, 
प्रकाशित २०७६ चैत २० बिहिबार
krisak.jpg

रुपन्देही। व्यवसायिक पशु पालकहरु लकडाउनका कारण संकटमा परेका छन् । सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्याँस र इन्धन लगायतका ढुवानीका साधन निर्वाध रुपमा सञ्चालन गर्न पाउने भने पनि उक्त निर्देशन व्यवहारमा भने कार्यान्वयनमा नआएपछि अहिले व्यवसायिक रुपमा गाईपालन गर्नेहरुलाई निकैै संकट पर्दै आएको किसानहरुले बताएका छन् ।

पहिलो चरणको लकडाउनको समयमा गाईभैसीका लागि आवश्यक घाँस, दाना, भुस र पराल लगायतको जोहो गरेका गाईभैसी पालक कृषकहरु लकडाउनको समय थप लम्बिएपछि मर्कामा परेका हुन् । 

लकडाउन थपिएसँगै घाँस, दाना, भुस र पराल लगायत आपूर्तीमा समस्या भएपछि अहिले रुपन्देही सहित देशभरका व्यवसायिक गाईभैसी पालक किसानहरुलाई धेरै सकस भएको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१ शंकरनगरका गाईपालक किसान खिमलाल पाण्डेले वताए। 

लामो समयको लकडाउनका कारण गाई भैंसीहरुलाई खुवाउने दाना, घाँस, भुस र पराल समेत पाउन छाडेपछि किसानहरु चिन्तित बन्न थालेका छन् । 

यसविचै वजारमा कोरोना भाईरसको प्रभावले विभिन्न गाउँ र टोलहरुको बाटो वन्द गरेकाले किसानहरुको दुध बिक्री हुन छाडेका तथा डेरीहरुले समेत दुध लिन आउन छोडेको किसानहरुले दुखेसो पोखेका छन् । 

किसानहरुले लकडाउनका कारण गाईभैसीहरुलाई खुवाउने दानापानीको अभावले अव कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको मिलीजुली गाईभैसी फर्मकी अध्यक्ष एंव किसान कमला पाण्डेको भनाई छ । किसान पाण्डेका अनुसार दानापानीको कमिले पहिलेको जस्तो दुध दिन छाडेको छ । 

लाखौं रुपैयाँ लगानी गरेर व्यवसायिक गाईभैंसी पालन गर्न थालेका किसानहरु महामारी कोरोना भाईरसको भन्दा वैंकको ऋणको डर लाग्ने गरेको बताउँछन्। उनीहरुले आफुहरु यती वेला मरौं कि वाँचौ सम्म भएको उल्लेख गर्दै वैंकको किस्ता र व्याज कसरी तिर्ने भन्ने कुराले निकै दुखी तुल्याएको वताएका छन् । 

खिम गाई फर्ममा अहिले २३ वटा गाईहरु रहेको छ भने मिलीजुली गाईभैंसी फर्ममा ४५ वटा रहेको वताईएको छ । खिम गाई फर्मबाट दैनिक ९० लिटर दुध उत्पादन हुन्छ भने मिलीजुली वाट दैनिक १ सय लिटर भन्दा धेरै दुध उत्पादन हुँदै आएको अहिले भने धेरै घटेको किसानहरुले वताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ