arrow

प्रधानमन्त्रीको आदेश बिरूद्ध महाकालीमा अलपत्र परेकाले खोले कपडा

धार्चुलाबाट दार्चुलामा पौडिदै आए ३९, ट्युवबाट ३०

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ चैत २० बिहिबार
mahakali-river-darchula-corona.jpg

दार्चुला। प्रधानमन्त्रीको आदेशमा आफ्नो देशको प्रवेशद्धारमा ताला लागेपछि भारतको धार्चुलामा अलपत्र रहेका नेपालीहरु महाकाली तर्दै धमाधम नेपाल प्रवेश गर्न थालेका छन्। कामको शिलसिलामा भारतका विभिन्न स्थानमा ज्याला मजदुरी गर्दै आइरहेका नेपालीहरु बैधानिक रुपमा झोलुंगे पूल भएर नेपाल प्रवेश गर्न नपाएपछि ज्यानको बाजी लगाएर महाकालीबाट प्रवेश गरिरहेका हुन्। यसका लागि उनीहरु लुगा फुकाल्दै पौडेर नेपाल आउन थालेका हुन्।

शनिवारदेखी भारतको धार्चुलामा रहेका बैतडी डिलाशैनी गाउँपालिका‐१ कोटपेटराका ४८ वर्षिय इन्द्र राज खत्री सोमबार पौडिदै नेपाल आइपुगे, त्यसको केही छिनपछि सोही ठाउँका २२ वर्षीय धनबहादुर धामी र दार्चुलाको मार्मा गाउँपालिका‐३ का रमेश बिष्ट महाकालीमा पौडिदै नेपाल प्रवेश गरे।

मंगलवार राती मात्रै व्याँस क्षेत्रबाट २० जनाले महाकाली तरे, यो क्रम यत्तिकैमा रोकिएन्। सयौको संख्यामा रहेका नेपालीहरु भारततर्फ अलपत्र परेपछि नेपाल छिर्ने एक मात्र विकल्प (महाकाली नदि) ज्यान जोखीममा राखेर धमाधम पौडिदै नेपाल आउन थाले।

विहीवार बेलुकी सम्म महाकाली तर्दै ३९ जनाले प्रवेश गरेका छन् भने् ३० जना ट्युव मार्फत नेपाल पुगेका छन्। उनीहरु दिनको समयमा भन्दा रातको समयमा नदि पार गरिरहेका छन्।

भारतको पिथौरागढ प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र काञ्जी हाउसमा नेपालीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरेपनि उनीहरु त्यहाँबाट भाग्दै नेपाल प्रवेश गरिरहेका छन्। अहिले भारतको धारचुलामा नौ सय भन्दा बढि नेपालीलाई क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ।

उमेरमा युवा जाँगर भएका अर्थात पौडिन सक्नेले महाकाली तर्दै प्रवेश गरिरहेका छन् भने नसक्नेले भारतका क्वारेन्टाइनमा कोचिदै रात कटाइरहेका छन्। पौडीन सक्नेले महाकालीमा हाम फालेर दिनँहु नेपाल गइरहेका छन् बझाङ कपलसेराका देबेन्द्र कामीले भने, ‘महाकालीमा पौडीन नसक्ने सयौँ नेपालीहरु हामी अहिले पनि भारतले राखेको क्वारेन्टाइनमा कोचिएर बसेका छौ।’

भारतको विभिन्न ठाउँहरुमा लामो समय देखी मजदुरी गरिरहेका नेपालको दार्चुला, बैतडी, बझाङ, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, जाजरकोट, बाके र बर्दियाका मानिसहरु दार्चुलाको नाका भएर दैनिक नेपाल भित्रिरहेका छन्।

कोरोना संक्रमण रोकथामका लागि नेपाल भारतले गरेको लकडाउनका कारण उनीहरु घर फर्किदा बीच बाटोमै अलपत्र परेका हुन्। सबैजसो सवारीका साधन बन्द भएपछि पैदल हिडेरै दार्चुलाको नाकामा पुगेका उनीहरुलाई पुल मार्फत प्रवेश नदिएसंगै कोही महाकाली नदिमा पौडेर नेपाल प्रवेश गरिरहेका छन, भने कसैलाई भारतीय नागरिकले ट्युब मार्फत नेपाल पुर्याइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ