arrow

लालीगुराँस गोल्ड कपमा बिराटनगर विजयी

logo
प्रकाश धौलाकोटी।
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
laliguras-gold-cup.jpg.jpeg.jpeg
तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुरमा भइरहेको दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार क्वाटर फाइनल चरणको अन्तिम खेल हुँदैछ । दिउँसो १ बजेबाट बसन्तपुरस्थित मैदानमा हुन खेलमा मोरङको बेलबारी फुटबल क्लब र धनकुटाको सिंहदेवी युवा क्लब सिधुवा खेल्ने आयोजक पाथीभरा युवा सामुदायिक क्लबका महासचिव विजय सोदेम्बाले जानकारीदिनुभयो । प्रतियोगिता अन्तर्गत जनजागृति युवा क्लब, धनकुटा, दोर्जे गियर प्रालि काठमाडौँ र टिडब्लुवाईसी क्लब विराटनगर यसअघि नै सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । 
 
गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेसहित यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धनकालागि आयोजित प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता बैशाख १७ गते सकिनेछ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ