arrow

चीन र डब्लुएचओको झुठ, जसले कोरोना भाइरसबारे बोल्न ढिला गरे  

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
xi-tedros.JPG

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बारेमा चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको ढिलाईप्रति गम्भीर टिप्पणी हुन थालेको छ । 

चीनले कोरोना भाइरसको उद्गम स्थल भएर पनि समयमै जानकारी नदिएको र डब्लुएचओले महामारीका रुपमा आत्मसात गर्न नसक्दा विश्वभरमै फैलिएको छ । 

यसले दिनानुदिन हजारौंलाई संक्रमित बनाउँदै लगेको छ भने पछिल्ला दिनमा हजारौंको संख्यामा मार्दै गएको छ । 

नोभेम्बरदेखि चीनको वुहानबाट कोरोना फैलिन थालेको थियो । तर चीनले यसबारेमा कुनै पनि जानकारी दिएन । 

डब्लुएचओले पनि त्यसै गर्यो । जनवरी १४ सम्म आइपुग्दा कोरोना फैलिसकेको थियो । डब्लुएचओले १४ जनवरीमा पनि ‘प्रारम्भिक चरणको अनुसन्धानले चिनियाँ अधिकारीहरुले नोवल कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने कुनै प्रमाण नभेटेको’ प्रतिक्रिया दियो । 

डब्लुएचओ प्रमुख डा. टेड्रोस एड्हानोमले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पटक पटक भेटेको दावीसमेत गरिएको छ । 

टेड्रोस कुनै राजनीतिक प्रभावमा परेको आरोपसमेत छ । वुहानमा भएको उक्त घटनापछि निरन्तर बिरामीहरु मर्दै गए । तर डब्लुएचओले कुनै प्रतिक्रिया जनाएन । 

यसबीचमा सीले पटक पटक पार्टीको पोलिटब्यूरो बैठकमा सहभागीता जनाए । जनवरी ७ देखि फेब्रुअरी १४ सम्म कोरोना भाइरसबारे छलफल गरिरहे । 

सीले फेब्रुअरीको पहिलो हप्तामा आएर यसलाई सरुवा रोगका रुपमा बाहिर ल्याउन खोजे । वुहानको हुवेइ प्रान्तमा मानिसहरुको आवत जावतमा रोक लगाए । 

सीले समस्या बढ्दै गएको बताउन थाले । उक्त कोरोना एक मानिसबाट अर्को मानिसमा सर्दै गयो । तर डब्लुएचओले चासो दिएन । 

डब्लुएचओले मार्च ११ मा मात्रै कोरोना भाइरसलाई महामारीको रुपमा स्वीकार गर्यो । जबकि त्यतिन्जेल ११४ देशमा फैलिसकेको थियो । 

त्यतिन्जेल १ लाख १४ हजारमा कोरोना संक्रमण फैलिसकेको थियो । ४ हजार बढीको ज्यान गइसकेको थियो । 

जनवरी ११ मा वुहानमा पहिलो कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । जबकि वुहानको सिफुड होलसेल बजार जनवरी १ मै बन्द गरिएको थियो । त्यही ठाउँबाटै कोरोना फैलिएको विश्वास गरिन्छ । 

कारोनाको रिपोर्ट आउन नै २ देखि १४ दिन लाग्छ भनेपछि डिसेम्बर मध्यदेखि नै यो रोगको थालनी भएको अनुमान गर्न सकिन्छ । 

चीन बाहिर जनवरी १३ तारिखमा थाइल्यान्डमा देखिएको थियो । जापानमा १७ जनवरीमा देखिएको थियो । 

अहिले २०६देश, क्षेत्र तथा बहावमा कोरोना फैलिएको छ । अझैसम्म पनि चीनले स्वीकारेको छैन कि कोरोना चीनको वुहानबाटै फैलिएको थियो ।

र डब्लुएचओले पनि वुहान नै कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल हो भन्न सकेको छैन । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ