arrow

१३ इन्डोनेसियाली मुस्लिमलाई फर्काइयो सप्तरीबाट

लकडाउनका बेलामा कसरी पुर्याइए सप्तरीबाट ललितपुरमा

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार

ललितपुर । सप्तरी जिल्लामा भएको धार्मिक सभामा भाग लिन आएका १३ जना इन्डोनेसियाली नागरिकलाई महालक्ष्मी नगरपालिकाबाट फिर्ता पठाइएको छ । 

बिना जानकारी नगरपालिका वडा नम्बर ४ स्थित ललितपुरको मस्जिदमा रहेको थाहा पाउनासाथ नगर प्रमुखका हैसियतले मुस्लिम आयोगका अध्यक्ष र गृहसचिवसंग फिर्ता पठाउनेबारे परामर्श गरी फिर्ता पठाएको नगरप्रमुख रामेश्वर श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् । 

उनले प्रतिनिधिसभा सांसद कृष्णलाल महर्जन र प्रदेशसभा सांसद माधव पौडेल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, ललितपुरका प्रहरी प्रमुख र महानगरीय प्रहरी प्रभाग सातदोबाटोका प्रमुखसहितसंग छलफल गरी उनीहरुलाई फिर्ता पठाइएको पनि श्रेष्ठले उल्लेख गरेका छन् । 

कोरोना भाइरसका कारण मुलुकमा लकडाउन भएका बेला सप्तरीबाट काठमाडौंको बालाजु हुँदै महालक्ष्मी नगरक्षेत्रमा ल्याउने व्यक्ति वा निकायहरुको छानबिन गरी कार्वाही गर्न र सत्यतथ्य जनसमक्ष सार्वजनिक गर्न पनि उनले माग गरेका छन् । 

कोरोना भाइरसको संक्रमणबाट जोगिन घरमै बस्न, स्वास्थ्य सुरक्षा सावधानी अपनाउन अपिल गर्दै उनले कोही पनि विदेशबाट फर्किएका नेपाली वा विदेशी नागरिक छरछिमेकमा भए तत्काल खवर गर्न पनि उनले आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ