arrow

कृषकलाई लकडाउनले रोकेन, चैते धान रोप्दै (भिडियोसहित) 

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७६ चैत २१ शुक्रबार
paddy-ropai.jpg

पाँचथर । कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले देशैभर लकडाउन लगाएको शुक्रबार ११ औं दिन हो । सहरतिर बिना कारण लकडाउनको उल्लंघन गर्ने धेरै भए पनि गाउँतिर भने कृषकका लागि यो समय निकै महत्वपूर्ण रहेको छ । 

लकडाउनको समयमा धेरै नागरिकहरु घरभित्र बसे पनि पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँघरका कृषकहरु भने अहिले चैते धान रोपाईमा ब्यस्त रहेका छन् ।

चैते धान रोप्ने सिजन भएको र सरकारले समेत गाउँघरमा खेतीपाती गर्नु भनेपछि खेतीपातीमा ब्यस्त भएको कृषकहरुको भनाई छ ।

सरकारले सामाजिक दूरी कायम गरेर काम गर्न कृषकहरुलाई आग्रह गरेको छ । काम नगरी दैनिकी टार्न पनि मुुस्किल हुने र पछि मात्रै रोप्दा धानको बिऊ रोप्ने सिजनसमेत गुज्रिने हुँदा अहिले धमाधम चैते धान रोपिराखिएको मिक्लाजुङ २ सराङडाँडाका कृषक तिलबहादुर पाण्डेले बताए । 

गाउँघरमा भीडभाड कमै रहेको र खेतीपातीको सिजन भएको हुँदा यतिबेला कृषकहरु चैते धान रोप्न ब्यस्त छन् । जिल्लामा अहिलेसम्म ४० प्रतिशत मात्रै चैते धान रोपिएको कृषि ज्ञान पाँचथरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ