कोरोना क्वारेन्टाइनका लागि कांग्रेसले पार्टी कार्यालयको भवन दिने
प्रकाशित २०७६ चैत २१ शुक्रबार
621
Shares
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस रोकथामका लागि राखिने क्वारेन्टाइनका लागि आफ्नो पार्टी कार्यालय भवन दिने भएको छ ।
कांग्रेसले बाँकेको विपी स्मृति भवन नेपालगञ्जको सभा हललाई क्वारेन्टाइन संचालनका लागि प्रयोग गर्न दिने निर्णय गरेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
बाँके जिल्ला सभापति किरण कोइरालाले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउन सरकारलाई साथ र सहयोग गर्न तयार रहेको समेत उल्लेख गरिएको छ ।
कांग्रेसले भारतबाट फर्केका १८१ नेपालीहरु बाँकेको सीमा नाकामा झण्डै चार दिनसम्म खुल्ला आकाशमुनि रात बिताउन वाध्य हुनुपरेको भन्दै नेपाली नागरिकको भन्दा फरक व्यवहार देखाएर खुल्ला आकाशमुनि बस्न वाध्य बनाउने संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको गैरजिम्मेवार कार्यप्रति ध्यानाकृष्ट भएको पनि जनाएको छ।
कांग्रेसले उनीहरुलाई सहज रुपमा नेपाल भित्रिन दिएर क्वारेन्टाइनमा राखी जीवन रक्षा गर्न पनि माग गरेको छ ।