arrow

महाकालीमा पौडी खेलेर आएका तीन नेपालीलाई राखियो क्वारेन्टाइनमा

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
mahakali-river-darchula-corona.jpg

अमरगढी । भारतको पिथौरागढबाट घर फर्किएका आलिताल गाउँपालिका–३ कुलेडीका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई आलिताल गाउँपालिकाले आफैँले निर्माण गरेको क्वारेन्टाइनमा राखेको हो । प्रधानमन्त्रीको आदेशमा आफ्नो देशको प्रवेशद्धारमा ताला लागेपछि भारतको धार्चुलामा अलपत्र रहेका नेपालीहरु महाकाली तर्दै धमाधम नेपाल प्रवेश गर्न थालेका छन्।

 भारतको पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका आलिताल गाउँपालिका–३ कुलेडीका किरण डडाल, गोपाल डडाल र प्रकाश डडाललाई क्वारेन्टाइनमा राखिएको हो ।

विश्वभर कोरोनो भाइरसको महामारी फैलिँदै गएपछि कामकाज प्रभावित हुँदा ठेकेदारले उनीहरूलाई कामबाट निकालेको थियो । 

ठेकेदारले कामबाट निकालेर दुई हजार गाडी भाडा दिएर पठाएकामा तीन दिन लगाएर नेपालको सिमानासम्म आइपुगेको र नेपालमा भएको लकडाउनका कारण महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेको उनीहरूले बताए । 

आलिताल गाउँपालिकाले १४ दिनको क्वारेन्टाइनमा राखेको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिए । उनीहरूको स्वास्थ्य स्थिति भने सामान्य रहेको आलिताल स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले जानकारी दिए ।

भारतको विभिन्न ठाउँहरुमा लामो समय देखी मजदुरी गरिरहेका नेपालको दार्चुला, बैतडी, बझाङ, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, जाजरकोट, बाके र बर्दियाका मानिसहरु दार्चुलाको नाका भएर दैनिक नेपाल भित्रिरहेका छन्।

कोरोना संक्रमण रोकथामका लागि नेपाल भारतले गरेको लकडाउनका कारण उनीहरु घर फर्किदा बीच बाटोमै अलपत्र परेका हुन्। सबैजसो सवारीका साधन बन्द भएपछि पैदल हिडेरै दार्चुलाको नाकामा पुगेका उनीहरुलाई पुल मार्फत प्रवेश नदिएसंगै कोही महाकाली नदिमा पौडेर नेपाल प्रवेश गरिरहेका छन, भने कसैलाई भारतीय नागरिकले ट्युब मार्फत नेपाल पुर्याइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ