arrow

एनआईसी एशिया बैंकद्वारा प्रदेश १ मा ५ लाख बराबरको खाद्यान्न वितरण

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
corona-nica-province-1.jpg

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि प्रदेश १ का बिपन्न, असाहय, कारखाना तथा दैनिक ज्यालामा मजदुरी गर्नेहरुलाई लकडाउनको समयमा एनआईसी एशिया बैंकले सरकारसग सहकार्यमा खाध्यन्य बाडेको जनाएको छ।

बैकले पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको जनाएको छ। यसै सन्दर्भमा चैत्र २० गते बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ। बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको जनाएको छ।

साथै विपतको समयमा ग्राहकलाई सहयोग गर्ने हेतुले ‘ग्राहक सहायता केन्द्र’हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको जनाएको छ। साथै यस समयमा ग्राहकहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न पनि उत्प्रेरित गर्दछ। ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट घरमा नै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ