arrow

शुद्धोधन गाउँपालिकाले ६ सय विपन्न परिवारलाई राहत दिदै

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
gaunpalika-rural.jpg

कपिलवस्तु। कोरोना भाइरसको नियन्त्रणको लागि लगडाउनका कारण गाउँपालिका क्षेत्र भित्र दैनिक रुपमा ज्यालादारी गरेर खाने विपन्न असाय परिवारलाई शुद्धोधन गाउँपालकाले तत्काल राहत उपलब्ध गराउने भएको छ। चैत १९ गतेको कार्यपालिका बैठकबाट गाउँपालिका क्षेत्र भित्रका प्रत्यक वडाका एक-एक सय गरी ६ वडाका ६ सय घरपरिवारलाई राहत वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष निसार अहमद खांले बताए।

प्रत्यक वडाहरुमा वडा समिति मार्फत विपन्न तथा लगडाउनको समयमा काम गर्न नपाई खानपिनमा समस्या भएका व्याक्तिहरुको तथ्याकं संकलन गरिरहेको र तत्काल उत्त परिवारलाई राहत दिने उपाधयक्ष सुधादेवी पाण्डेयले बताइन्। प्रति परिवार १० केजी चामल , ५ केजी आलु, १ केजी व्याज, १ लिटर खाने तेल, २ केजी दाल वितरण गरिने समेत गाउँपालिकाले जनाएको छ। गाउँपालिको निर्णय अनुसार वास्तविक ज्यालादारी खाने मजदुरहरुको वडाहरुमा तथ्यांक संकलन गर्ने काम भैरहेको र २ दिन भित्र तथ्यांक संकलन गर्ने काम सकिने ५ नं वडाका अध्यक्ष आषुतोष कुमार सिंहले बताए।

कार्यपालिको निर्णय अनुसार खाद्यान्नहरु खरिद र वितरण गर्ने प्रकृया सूरु भैसकेकोले आइतबार देखी नै वडा वडामा राहत साम्रगी वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए। उता भारत संग जोडिएको गाउँपालिका भएकोले भारतबाट मान्छेहरु आउन नदिन र सिमामा सावधानी अपनाउने काम गरेको र सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरी जनचेतनामुलक काम गरिरहेको स्वास्थ्य संयोजक अस्फाक अहमद खाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ