arrow

स्याङ्जामा चार जनाको स्वाब परीक्षण

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
corona-syangja.jpg

स्याङ्जा। स्याङ्जाको वालिङबाट कोरोनाको आशंकामा चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको छ। वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका दुई पुरुष तथा एक महिला गरी चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए।

२६ दिन अघि कतारबाट आएका चापाकोटका एक पुरुषको श्रीमतीलाई एकहप्तादेखि ज्वरो आउने तथा खोकी लाग्ने समस्या देखिएपछि उपचारका लागि वालिङ स्थित गह्रौ अस्पताल आएका थिए। ज्वरोको चाप अत्यन्तै देखिएपछि र उनी सगँ स्वास्थ्यकर्मीले परामर्स गर्दा शंका लागेपछि दम्पती तथा बुवाको स्वाबको नमूना परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाईएको प्रजिअ कुरुम्बाङ्ले बताए । यस भन्दा अगाडी फेदिखोला र पुतलीबजारका गरी ३ जनाकोे स्वाब परिक्षणका लागि पठाइएको थियो। उनीहरुको स्वाब परिक्षणबाट नेगेटिभ देखिएको कुरुम्बाङले बताए । जिल्लामा अहिले स्वाब परिक्षण गर्नेको संख्या ७ पुगेको छ।

वालिङका पुरुष विदेशबाट संक्रमित ब्यक्ति सवार जहाजमा आएका बताईएको छ । हाल उनकोे स्वास्थ्य अवस्था सामान्य रहेको छ वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बताए । उनलाई अहिले पनि होम क्वारेन्टाईनमा राखिएको छ भने चापाकोटका व्याक्तिहरु वालिङमा रहेको आईसोलेसनमा राखेर निगरानी गरिएको नगर प्रमुख खाँणले जानकारी दिए। 

परिक्षणमा पठाईएको रिर्पोटको प्रतिक्षामा रहेको जानकारी दिदै खाँणले त्यसपछि थप कस्तो कदम चाल्ने भन्ने विषयमा अगाडी बढ्ने बताए । कोभिड १९ को संक्रमणबाट आँफू पनि बच्न र अरुलाई पनि बचाउन लकडाउनको पूर्ण पालना गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले आग्रह गरे । स्याङ्जामा अहिले सम्म २३ जना क्वारेन्टाईनमा र ५ सय ६७ जना होमक्वारेन्टाईनमा राखिएको छ भने ३ जना क्वारेन्टाईन पछि घर फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ