arrow

मेडिप्लसको संयोजनमा लकडाउनमा पनि रक्तदान, उत्साहजनक सहभागिता

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
blood1.JPG

काठमाडौं। कोरोनाको सक्रमणको डरले देशनै लकडाउनमा रहेको बेला अस्पतालमा भने रगतको अभाव देखिन थालेको छ । नियमित रक्तदानको कार्यक्रम नहुँदा रगत अभाव देखिएको हो।

देशभर रगतको अभाव भएको समाचार आइरहँदा मेडिप्लस हेल्थ केयर सेन्टर र सामुदायिक बिकास संघले रक्तदान गरेको छ।

छोटो सूचनामा पनि समाजका विभिन्न तहका नागरिकले साहसका साथ घर बाहिर आई रक्तदान गरेको मेडिप्लस हेल्थ केयर सेन्टरका अध्यक्ष प्रगतिमान रंजितले बताए । 

रक्तदाता ४० जना मध्ये अधिकाँश १९ देखि २५ वर्षका थिए भने पहिलो पटक रक्रदानको अनुभव लिनेहरू १२ जना रहेको रंजितले जानकारी दिए।

दाताहरुलाई मेडिप्लस हेल्थ केयर सेन्टरको तर्फबाट रंतितले धन्यवाद दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ