नेपाल लाइफको ‘कोरोना भाइरस रोकथाम कोष’ मा एक करोड सहयोग
प्रकाशित २०७६ चैत २१ शुक्रबार
872
Shares
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा’ एक करोड सहयोग गर्ने जनाएको छ। नेपाल लाइफको सञ्चालक समितिले सो जानकारी दिएको हो।
नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जनाएको छ।
यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।