arrow

चीनमा भेटियो तीन हजार वर्ष पुरानो कफिन

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
china-news-@.jpg.jpeg
चेनजाउ (चीन) । चीनमा करिब तीन हजार वर्ष पुरानो कफिन भेटिएको समाचारमा जनाइएको छ । तीन हजार वर्ष पुरानो भएको विश्वास गरिएका तीनवटा कफिन फेला परेको समाचारमा जनाइएको छ । मध्य चिनियाँ प्रान्त हेनान्मा ती कफिन फेला पारिएको समाचारमा जनाइएको छ । स्थानीय पुरातत्व विभागले दिएको जानकारी अनुसार ती कफिन मङ्गलबारै एनियाङ् सहरको सङ्ग्रहालयमा पठाइएको छ । 
 
स्थानीय विज्ञहरुले प्रारम्भिक रुपमा गरेको उत्खनन्का क्रममा ती कफिनका साथै करिब २२ वटा चिहान पनि भेटिएका थिए । ती चिहान चीनको चाङ् वंशीय समयका रहेको प्राररम्भिक अनुसन्धानबाट खुलेको पनि जनाइएको छ । उक्त वंश चीनमा करिब १४०० बिसी ताका थियो । 
 
स्थानीय पुरातत्वविद् चोङ् देमिङ्ले भने– चाङ् वंशका समयमा पाइएका यी कफिनहरु निकै दुर्लभ हुन्, चीनका अरु क्षेत्रमा पनि भेटिएका ऐतिहासिक सामाग्रीको तुलनामा यी सामाग्री निकै महत्वका रहेका छन् । उनले सो क्षेत्रमा थप उत्खनन् गरिने जानकारी दिए । हाल ती कफिन पाइएको क्षेत्र परिवारका सदस्यहरु एकै स्थानमा पुरिएको आशङ्का गरिएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ