arrow

भारतबाट फर्केकाहरु नेपालगञ्ज क्वारेन्टाईनमा,दैनिकी सहज बन्दै 

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
banke-camp.jpg

बाँके। खाना खान लाईन लागेर उभिएकाहरुको यो तस्विर नेपाल भारत सिमामा पर्ने क्वारेन्टाईन स्थलको चौथो दिनको हो । क्वारेन्टाईनस्थलमा खानेपानीका धारा जोडीएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले क्वारेन्टटाईनमा आबश्यक पर्ने सबै ब्यवस्थापनको चाँजोपाँजो मिलाईरहेको छ ।

बिजुली बत्तिको लाईन पुगेको छ । पीउने पानी,घुम्ति शौचालय २४ सै घण्टा उपलब्ध छ । क्वारेन्टाईनमा बसेका एक युबक भन्छन -'अब मोबाईल चार्ज गर्ने ब्यवस्था भए हामी घरपरिवारसँग सम्पर्क गरेर ढुक्कका साथ क्वारेन्टाईनमा बस्ने थियौं ।' यी युवाहरु रोजगारीकालागी भारत त गए तर कोरोणा भाईरस संक्रमणको त्रासले घर फर्किन बाध्य भए । अहिले त्यसरी भारतबाट फर्केका १ सय ८१ जना नेपाल भारत सिमाको दशगजा नजिकै बनाईएको क्वनरेन्टाईनमा दिन कटाईरहेका छन् । 

भारतको नोयडा पुगेका यी केही युवाहरु काम ठप्प भएपछि अहिले घर फकर्ने आशामा दशगजा छेउमा क्वारेन्टाईनमा दिन गन्दै बसिरहेका छन् । क्वारेन्टाईनमा बस्नेहरु भारतका विभिन्न शहरबाट फर्केका फरक फरक जिल्लाका नेपाली हुन ।

घरपरिवार पाल्न रोजगारीका लागी भारत पुगेका नेपाली कोरोणा संक्रमणको त्रासले स्वदेश फर्किनु पर्ने त भयो तर घर पुग्नु पहिले नेपाल-भारत सिमामा क्वरेन्टाईनमा बस्नु परेको  छ ।यो स्वास्थ्यका दृष्टिकोणले संक्रमण फैलन नदिन सुरक्षित उपाय हो । बाँकेको दशगजामा ३ दिन सम्म देश फर्किन पाउँ भन्दै संघर्ष गरेका उनिहरु तेस्रो दिनको साँझ नेपाली भुमिमा नेपाली सेनाले स्थापना गरेको अस्थायी क्वारेन्टाईन टेन्टमा सुत्न पाए । 

चौथो​ दिनको विहान पहिलेका दिन भन्दा केही खुसि देखिन्थे उनिहरु । स्वस्थ्य परिक्षणमा अहिलेसम्म स्थिति सन्तोषजनक रहेको बुझिएको छ । नेपाल भारत सिमाको दशगजामा ३ दिनसम्म देश फर्किन पाउँ भन्दै संघर्ष गरेका उनिहरु चौथो​ दिनको विहानदेखि मध्यान्हसम्म पालै पालो एक आपसको दूरी कायम गर्दै लाईन लागेर खानाका लागि अनुशासित देखिन्थे । 'सामान्य टाउको दुख्ने रुघाखोकि भए पनि ज्वरो आएका विरामी कोही पनि छैनन् ।' नेपालगन्ज,उपमहानगरपालिका स्वास्थ्य प्रमुख रामबहादुर चन्दले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ